जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले ३७ केजी लागु औषध गाँजा सहित ३ जनालाई पक्राऊ गरी आज सार्वजनिक गरेको छ । हिजो दिउँसो करीब २ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा वडा नम्बर ९ बाट इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुश्वाहाको नेतृत्वको प्रहरी टोलीले पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बस्ने ३४ बर्षका साम मोहम्मद, भारत बिहार बैशाली मोहनपुरका ३४ बर्षीय मनिष कुमार, भारत बिहार नालन्दा बस्ने ४५ बर्षीया अन्नुदेवी पासमानलाई सो लागू औषध गाँजा सहित पक्राऊ गरेको हो ।

उनीहरुलाई बीआर ०१ सी एन ६९८६ नम्बरको भारतीय नम्बरको कारमा फल्स बटम बनाई लुकाई छिपाई उक्त परिमाणको गाँजा हेटौंडाबाट पथलैया तर्फ लैजादै गर्दा चेकजाँचको क्रममा फेला पारिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकरमार सिंहले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

पक्राउ परेका उपर लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम २ देखि १० बर्ष सम्मको कैद, रु १५ हजार देखि रु १ लाखसम्म जरिवानाका साथै लागू औषध आसारप्रसारमा प्रयोग गरिएको सवारी साधन जफत हुने कानूनी प्रावधान रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

तपाईको प्रतिक्रिया