भोजपुर । भोजपुरमा प्रहरीले ३ हजार वोट गाँजा नश्ट गरेको छ । प्रहरीले हतुवागढि गाउँपालिका वडा नं ९ हसनपुरमा साढे ६ रोपनी क्षेत्रफलमा लगाएको गाँजा फडानी गरेको हो ।

इलाका प्रहरी कार्यालय घोरेटार र प्रहरी चौकि हसनपुरबाट खटेको प्रहरीको टोलीले विभिन्न ठाउँमा लगाएको गाँजा नश्ट गरेको हो ।प्रहरीले स्थानिय ध्रुव तामाङको २ रोपनी कोदाबारीमा लगाइएको ७ सय ५० बोट, मन कुमार तामाङको डेढ रोपनी कोदो बारीमा लगाएको २ सय ५० बोट र अर्का एक व्यक्तिले अन्दाजी ३ रोपनी जग्गामा लगाएको २ हजार वोट गाँजा नश्ट गरेको हो ।प्रहरीले यस अघि पनि विभिन्न क्षेत्रमा लगाएको गाजाँ नष्ट गरेको थियो ।

तपाईको प्रतिक्रिया