संगम बिष्ट/ चतरा / सुनसरीको वराहक्षेत्र नगरपालीकाको वडा नं २ को खस्रे देखि वडा नं ६ को ढाकुरवारी पशुपानकालागि ठुलो सम्भवना बोकेको क्षेत्र हो ।सो क्षेत्रका खु्ल्ला जग्गा र प्रस्स्तै खाली जमिन पशुपालनालागि उपयुक्त मानिन्छ ।सोही स्थानमा १० बर्ष अगाडीबाट चतरा सामुदायिक बहुउदेश्य सहकारीको ऋण लगानीबाट सन्चालन गरेको वराह डेरी तथा पशु फम प्रदेश नं १ कै गाईको स्रोत केन्द्र हो ।देश भरका सात गाईका स्रोत केन्द्रमा परेको सो फममा हाल १ सय ५० गाई छन् । अगामि बर्षहरुमा ५ सय गाई थपेर दुग्धजन्य कारखान खोल्ने सहकारी

को योजना छ।खालि रहेको जमिनमा पसोलि जातको घास खेति गरि सो गाई फमलाई प्रदेस नं १ कै उत्कृष्ट फम बनाउने लक्ष्य लिएको सहकारीका ब्यस्थापक बाबु

राम खत्रीले बताए । नेपालभरीका गाई फमहरुवाट अवलोक गर्न आउने वराह फममा हाल जर्सी,होलस्टेड र डेक्स्टर क्याटल गरि तीन किसिमका गाईहरु छन् ।ती गाईहरुवाट बार्षिक रुपमा ५०-५५ वटा बाछिहरु उत्पादन हुने गरेका छन् । गाई फममा लागि परेर अगि बढेको संस्थाले हाल पशु चिकित्सक राखेर सो गाई फमलाई देशकै उत्कृष्ट गाई फम बनाउने योजना बनाएको छ ।पशुपालन गर्न उत्पेणा जगाउने काम समेत गरिरहेको सहकारीले कृषकलाई तालिमहरु समेत प्रदान गरिरहेको छ । सरकारले दिने सहयोग बिचौलियाले बिचैबाट खोसेर लैजाने समस्याले गर्दा कृषकहरु मार्कामा परिरहेका छन बताउने ब्यस्थापक खत्रीले सरकारले एउटा स्रोत केन्द्रलाई उत्पादन, प्रोसोलिङ्ग र बिक्रिमा सहयोग गर्नु पर्ने बताउछन् ।राज्यले कृषकलाई पैसा भन्दा पनि उपयु्क्त वातावरण मिलाई दिनु पर्ने खत्रीको तर्क छ । सरकारले गर्नु पर्ने नश्ल सुधार , भ्याक्निनेशनल कार्यक्रम आउन ढिलाईले फमहरु सन्चानल गर्न अन्योल बढ्ने खत्रि वताउछन् । प्रदेश नं १ को गाईको स्रोत केन्द्र घोषित भए पछि फमले ४४ लाख सरकारवाट अनुधान पाएको बताउने ब्यस्थाप खत्रि अब तीन तहको सरकार निर्माण भए पछि फम अन्योलमा परेको बताउछन् ।अब प्रदेसले कुन रुपमा हेर्ने हामी अन्योलमा परेको खत्री बताउछन ।फमले दूध उत्पादन संगै गाई बिक्रि समेत गर्ने योजनामा अगि बढेको खत्री बताउछन् । वाय ग्यासबाट प्रति दिन १ सय ५० सिलिडर ग्यास भर्ने क्षमता राख्ने वायु ग्यास बनी बनाउने फमले काम अगाडी बढाई राखेको छ।स्थानिय सरकरले कृषकहरुलाई बैकसंग मन्योय गरि सुलब ब्यजमा ऋण रकम प्राप्त गर्ने वतावरण मिलाउनु पर्ने उत्पादित बस्तुहरुलाइ प्रशोधन र बजारिकरण गर्न नगरले योजना बनाउनु पर्ने खत्रीको बुजाई छ । हाल कच्चा पदार्थ ल्याएर सिधा बिक्रि गरिन्छ ।जुन खाध्य एेन बिरुद भएकाले यसलाई प्रसोधन, लेबलिङ्ग, प्याकेजिङ्ग र बजारमा ल्याउने नीति बनाउनु पर्ने खत्रि बताउछन् ।सरकारवाट ऋण,अनुदान,प्राबिधिक कृषकले पाऊनु पर्छ अनि मात्र कारखाना बन्ने, उत्पादन हुने, प्रसोधन हुने र बजारमा बिक्रि बितरण हुने बताउने खत्रीले चाडै सहकारले चतरामा उद्योग सन्चालन गरि उत्पादन मुखि काम गर्ने बताए । फरक प्रशंगमा ब्यस्थापक खत्रीले सुनसरीको साबिक वराहक्षेत्र गाबिसलाई सेवाक्षेत्र बनाएर स्थापना भएको सहकारी हाल देसकै उत्कृष्ट सहकारी संस्थाको रुपमा एउटा बहुउदेश्य बोकेर ग्रामिण भेगका जनतको जीवन स्तर उकासन गठन भएको संस्था भएकाले हाल वराहक्षेत्र नगरपालीकालाई सेवाक्षेत्र बनाएर काम गरि रहेको ब्यस्थापक खत्री बताउछन् ।सस्थाका सदस्यहरुलाई न्यन ब्याजमा पशुपालन देखि अन्य आय आर्जन गर्न लगानी गरि रहेको सहकारी वराहक्षेत्रकालागि दुखको साथी र सुखको सहाठिको रुपमा अगाडी बढि राखेको छ। नगर भित्र उत्पाद शिल बस्तुमा लगानि गर्न तयार रहेको बताउनु खत्रीले सहकारी विशेष गरि कृषिज्य उद्योगमा लगानी गर्न तयार रहेको बताउछन।

तपाईको प्रतिक्रिया