सुनसरी ।  सुनसरीको दुहवी ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. मा गयराती साढे ११ बजे आगलागि भएको छ । बिद्युत शर्ट भइ आगलागि भएको हुँन सक्ने र आगलागिमा करिब एक करोड बढीको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान गरिएको संस्थाका अध्यक्ष मिलिराम चौधरीले जानकारी दिनु भएको छ ।

आगलागिबाट संस्थाको कागजपत्र, कम्प्यूटर, फर्निचर लगायत समानहरु जलेर नष्ट भएको छ । आगो निभाउन बिराटनगरबाट २ ओटा दमकल इटहरीबाट १ इनरुवाबाट १ र दुहवीबाट १ गरि ५ ओटा दमकलले ४ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको दुहवीका बारुण यन्त्र इञ्चार्ज प्रतापचन्द्र राजवंसीले जानकारी दिएका छन । संस्थाको पछाडीको भवनमा समान्य कारोवार भोलीदेखि गरिने संस्थाका अध्यक्ष मिलीराम चौधरीले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया