इटहरी । संञ्चारकर्मी ऋषि धमलाको प्रस्तुतीमा बनेको चलचित्र ‘अनुराग’ को टिम प्रचार–प्रसारको लागि इटहरी आएको छ । रिपोर्टर्स क्लब नेपाल सुनसरि  शाखा इटहरीले गरेको मङ्गलबार गरेको साक्षात्कार कार्यत्रममा चलचित्रका नायक समुन्द्र पण्डित र नायिका एलिजा गौतमले असोज १२ गतेबाट चलचित्र ‘अनुराग’ नेपाल भरिका हलहरुमा प्रदशन हुने बताएका  छन् ।
नायक समुन्द्र पण्डितले  चलचित्र राम्रो बनेको बताए । ‘राम्रो लगानीमा बनेको हुनाले चलचित्रबाट प्रतिफल राम्रो आउनेमा हामी आशावादी छौ’ उनले भने । देशभर प्रचार प्रसारलाई तिव्र बनाउदै पूर्वमा पनि चलचित्रको प्रमोशनमा इटहरी आएको पण्डितले जानकारी दिए ।   
           संगित र प्रेम कथामा चलचित्र आधारित रहेको नायिका एलिजा गौतमले जानकारी दिइन् । अनु र राग दुई पात्रले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेको उनले बताईन । नेपालका बिभिन्न स्थलमा छायकंन गरिएको चलचित्रमा कलाकारहरुले मेहेनत राम्रो गरेकाले नतिजा पनि राम्रो हुनेमा आफु आशावादी रहेको गौतमले बताईन ।    चलचित्रलाई निर्देशन सत्यराज चौंलागाईंले गरेका छन् । भरत गौतम र गीता भेटवालको लगानी रहेको चलचित्रमा  राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत, शिशिर राणा, ठिलेन लामा,  मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी छ । राम कुमार केसीको छायाँकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको छ ।

तपाईको प्रतिक्रिया