इटहरी । पुर्वको व्यापारी नगरीका रुपमा विकसीत वन्दै आएको इटहरीमा ५० करोडको लागत रहेको सेन्ट्रल प्लाजाको प्रदेस नम्वर १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरेका छन ।

इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको मुख्य मन्त्री राईले एक औपचारिक कार्यक्रमका विच उदघाटन गरेका हुन । प्लाजा उद्घाटनपछि मुख्य मन्त्री राईले प्रदेस नम्वर १लाई समृद्ध प्रदेस वनाउने कार्यमा निजी क्षेत्रको समेत महत्वपुर्ण योगदान रहने प्रदेस सरकारले विश्वास लिएको वताए । उनले इटहरीमा सञ्चालनमा आएको व्यवसायीक भवनले प्रदेस नम्वर १को व्यवसायीक विकासमा समेत टेवा पुरयाउने भन्दै ठुला व्यवसायीक प्रतिष्ठानहरु सञ्चालनमा आउनु स्वागत योग्य छ भने ।

इटहरीका व्यवसायी राजेश श्रेष्ठले सञ्चालनमा ल्याएको १० तले सेन्ट्रल प्लाजामा विभिन्न सामाग्रीहरु पाइने ४० पसलहरु , दुईवटा हल भएको सुविधा सम्पन्न आरएस सिने फ्लेक्स समेत रहेका छन । अन्डरग्राउण्ड पार्किग, लिफ्ट सुविधा समेत रहेको कारण सेन्ट्रल प्लाजाका प्रवन्ध निर्देशक सिद्धार्थ श्रेष्ठले जानकारी दिए । सेन्ट्रल प्लाजा उद्घाटन कार्यक्रममा प्रदेस नम्वर १का प्रमुख प्र्रतिपक्षी दलका नेता राजिव कोइराला लगायतले इटहरी पुर्वको व्यवसायीक हवका रुपमा विकास भई रहेको सहर भएको चर्चा गरे ।

तपाईको प्रतिक्रिया