गजल

जब विहान हुन्छ तिमीलाई भुल्छु भनि कम्मर कस्छु ।।

तर जब बेलुकि हुन्छ तिमी भुल्न भट्टि तिर पस्छु ।। ।।

चाडै घर फर्कि है नानि भन्नु हुन्छ जहिल्यै आमाले ।।

तर थाहै पाउन्न कुन बेला मातेर खोल्सामा खस्छु ।। ।।

रात बढे सगै नशामा ठ्याक्कै तिमी देख्छु भट्टी वाली ।।

अनि आफ्नै ससुरालि सम्झेर भट्टि तिरै बस्छु ।। ।।

न भूतमा न वर्तमानमा न भविष्यमा नै तिमी मेरि ।।

खै किन हो कुन्नि यसरि म एक तर्फि मायामा फस्छु ।। ।।

हिमालि कान्छा नबिन 

तपाईको प्रतिक्रिया