मदन अधिकारी / प्रकाशपुर/ बराहक्षेत्र नगरपालिका वडा नम्वर १० प्रकाशपुर स्थित प्रकाश माविलाई प्रदेशकै नमुना विद्यालय निर्माणका लागि पुर्व विद्यार्थीहरु एक जुट भएका छन् । सनिवार सो स्फुर्त रुपमा प्रकाश माविको प्रङ्गरमा भेला भएका पुर्व विद्यार्थीहरुबाट यस्तो निर्णय भएको हो । वि स २०२१ सालमा स्थापना भएको यश प्रकाश माविले हाल देश देखि विदेश सम्म विकाश गर्न सक्ने जनशक्ति उत्पादन गर्न सफल भएता पनि समय अनुसार यसको समेत स्तरउन्नति गर्ने उदेश्यले ११ जानाको पुर्व विद्यार्थी मिलन कार्य समिति समेत तयार गरिएको छ । विद्यालय व्यवस्थापनि समिति अध्यक्ष दामोदर काफ्लेको नेतृत्वमा गठित समितिमा सचिव सरोज वराल रहनु भएको छ भने सदस्यहरुमा रबिन कुमार घिमिरे , टङ्क प्रसाद काफ्ले , तोयानाथ खनाल , छत्र वहादुर पौडेल , जिवनाथ कोइराला , राम प्रसाद कोइराला , कृष्णराज कोइराला , कर्ण विक्रम लिम्बू , विद्यालय प्रध्यानध्यापक चुडामडि खनाल रहनु भएको छ भने सल्लाकार समिति संयोजक बराहक्षेत्र शिक्षा शाखा प्रमुख डिल्लिराम अधिकारी , कमलभाइ लुइटेल र बराहक्षेत्र नगरपालिका उप प्रमुख कमला मगर रहनु भएको छ । सो स्फुर्त रुपमा भेला भएका पुर्व विद्यार्थीहरुले यस विद्यालयलाइ प्रदेशकै नमुना विद्यालय समेत बनाउने निर्णय समेत गरेका छन् सोही क्रममा बोल्दै संयोजक काफ्लेले यस सामुदायि विद्यालयलाई निजि विद्यालय सोसरह सेवा सुविदा दिन सक्ने गरि विास गर्ने र यश महान समयमा सम्पुर्ण पुर्व विद्यार्थिहरुले साथ दिनु पर्ने बताएका छन् । सोही क्रममा शिक्षा शाखा प्रमुख अधिकारीले प्रकाश माविमा आज पुर्व विद्यार्थी भेला हुनुले हामी सवैको आसा जागेको र यसै क्षेत्रको समेत विकास हुने र शिक्षामा यश प्रकाश माविले फरक किसिमको शिक्षा प्रदान गर्नेमा आफु विस्वस्त रहेको बताउनु भएको छ । यता उप प्रमुख मगरले वराह खवर संग कुरा गर्दै यश माविमा सो स्वस्फूर्त रुपमा पुर्व विद्यार्थी मिलन हुनुले शिक्षामा मुल परीवर्तन हुने प्रस्ट देखिएको बताउदै प्रदेशकै नमुना विद्यालय समेत बनाउने बताउनु भएको छ । यसै विद्यालयमा मैले समेत अध्यन गरेको बताउदै यश विद्यालयलाइ प्रदेश एककै नमुना विद्यालय बनाउने समेत बताउनु भएको छ । विद्यालय प्र अ खनालले पुर्व विद्यार्थी मिलनले विद्यालयको मात्र नभएर प्रकाशपुरकै विकाश गर्न सकिने धारणा राख्नु भएको छ ।