इटहरी । रामधुनी मन्दिरको संरक्षणका क्षेत्रमा क्रियाशिल रामधुनी बाबा बनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
रामधुनी नगरपालिकाका प्रमुख जयप्रकास चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभामा समितिका अध्यक्ष डिल्ली कार्कीले गत वर्ष गरिएका गतिविधिहरुका विषयमा सभालाई जानकारी सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष कार्कीले प्रस्तुत गरेको प्रतिवेदनमा समितिले जिम्मेवारी समाले देखि अहिले सम्म तीन करोड वरावरको काम गरिएको समेत वताए । पछिल्लो समयमा समितिले रामधुनीलाई रामायण सर्किटमा जोड्नका लागि पहल गरिरहेको समेत सभालाई जानकारी गराए । सो अवसरमा ऐतिहासिक धार्मिक क्षेत्र रामधुनीको संरक्षणका लागि नगरपालिकाले सक्ने सहयोग गर्नुका साथै माथिल्लो निकायसंग अनुरोध गर्ने नगरपालिकाका प्रमुख चौधरीले विश्वास दिलाए । कार्यक्रममा रामधुनी क्षेत्रको संरक्षण तथा विकासमा योगदान पुर्याउने लक्ष्मी भट्टराई लगायतलाई सम्मान गरियो ।

तपाईको प्रतिक्रिया