मदन अधिकारी/प्रकाशपुर बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा शनिवार प्रकाशपुर टिपार्टमेन्ट स्टोरको स्थापना भएको छ । वराहक्षेत्रमा उद्योग व्यवसाय सञ्चालन गर्नेहरुलाई नगरपालिकाले विभिन्न ढङ्गले प्रोत्साहन गर्ने उप प्रमुख कमला मगरले बताउनु भएको छ । प्रकाशपुरमा उद्घाटन भएको प्रकाशपुर डिपार्टमेण्ड स्टोरको उद्घाटन कार्यक्रममा बोल्दै उप–प्रमुख मगरले सो कुरा बताउनु भएको हो । उप प्रमुख मगरले न्यायिक काम र हालको मुलुकि एनको बारेमा समेत बताउनु भएको थियो । मगरले बराहक्षेत्रको विकाश गर्नुनै आफ्नो मुख्य लक्ष रहेको बताउनु भएको थियो । शनिबार सो डिपार्टमेण्ड स्टोरको एक औपचारीक कार्यक्रम गरि उद्घाटन गरिएको थियो । ज्ञान ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णराज कोईरालाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि उप प्रमुख कमला मगरले रिवन काटी स्टोरको उद्घाटन गर्नुभएको थियो । एम.आर.सी. डेभलोपमेण्ट प्रालिद्धारा सञ्चालित सो स्टोरको महेन्द्र राई, रोहित लिम्बू, अनिल राई र मोहन लिम्बूले संयुक्त लगानी गरि स्थापना गरिएको हो । स्टोरमा दैनिक उपभोग्य खाद्य सामाग्रीहरु उपलब्ध रहेका छन् । सो स्टोर प्रकाशपुरमै पहिलो डिपार्टमेण्टल स्टोर पनि हो । कार्यक्रममा मन्तव्य राख्दै सभाध्यक्ष कोइरालाले स्टोरको उद्घाटन व्यवसायिक प्रयोजनका लागि भएपनि प्रकाशपुरका लागि नविन प्रयोग भएकाले सबैका लागि चासोको विषय भएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया