बराहक्षेत्र । कन्चनपुरकी निर्मला पन्तको हत्याकाण्डको विरुद्धमा देशका विभिन्न ठाउँमा बिरोध जुलुस चलिरहेको बेला सुनसरीको चक्रघट्टिमा पनि बिरोध जुलुस प्रदर्शन भएको छ । जुलुस बिहिवार गाउँ पारालिगल कमिटी बराहक्षेत्र ६ को आयोजनामा भएको कमिटी अध्यक्ष दुर्गा गुरुङले जानकारी दिइन । कार्यक्रममा बोल्दै बराहक्षेत्र ६ कि महिला सदस्य दुर्गा देवि खरेलले देशभरि यहि बिषयमा आगो बलिरहदा हामीले पनि एकजुट भएर आवाज उठाउनु पर्छ भन्ने कुरा बताइन । यस्ता घटना कंचनपुरमा मात्रै होइन यहाँ पनि घट्न सक्छ भोलि जो कोहिलाइ पर्न सक्छ भन्ने सदस्य खरेलको भनाइ रहेको थियो । पारालिगल कमिटिको पहिचान महिला तथा बालबालिका माथी हुने हिंसा विरुद्धको अभियान भन्ने नारा लेखेको ब्यानर सहित ठूलो संख्यामा महिलाको उपस्थिति थियो । जुलुस लिएर महिलाहरुले चक्रघट्टि बजार परिक्रमा गरेका थिए । सरकारले यतिका दिन सम्म एउटा हत्यारा पनि पत्ता लगाउन नसक्नु लाजमर्दो बिषय रहेको भन्दै महिलाहरुले बिरोध गरेका थिए । जलुसमा पारालिगल सुनसरीकी पुर्व जिल्ला अध्यक्ष इनु अधिकारि लगायत पारालिगल कर्मि साथै सक्रिय महिला हरुको सहभागिता रहेको थियो । ( निर्मला राई अधिकारी बाट )

तपाईको प्रतिक्रिया