कल्पना कार्की । बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका ३ नडाह बाट चतराको कोशी पुल सम्म पुग्ने ११ किलोमिटर बाटो भर्खरै मात्र निर्माण गरिएको बाटो हो । कालिका कन्ट्रक्सनले हालै पूरा गरेको उक्त सडक अहिले बिच बिचमा पहिरो गएको हुनाले यो सडक खण्डमा आवत जावतमा समस्या आएको छ । यहाँ बाट धेरै मानिसहरु कोशी पुल हुँदै उदयपुरको बेलका नगरपालिका , भोजपुरको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिका साथै धार्मिक पर्यटकिय स्थलले चर्चित बराहक्षेत्र मन्दिर जाने भक्तजनहरु आवतजावत गर्ने गर्दछ्न । बाटोमा भिरबाट झरेको पहिरो र बर्षाका कारण ठाउ ठाउँमा बाटो चिप्लो र हिलाम्मे भएको छ । समयमा पहिरो नहटाउदा आवतजावतमा कठिनाइ परेको छ । हरेक बिहीवार लाग्ने चतराको बयरबन बजारमा सामान बिक्री गर्न आउने ब्यापारी तथा किनमेल गर्न आउने ग्राहकलाइ यो सडकले समस्यामा पारेको व्यापारी महेश राई बताउँछन् । भिरको भित्तामा कतै पनी रेस्टिक्टेड वाल बनाएको पाइदैन जसको कारण भिरको माटो बर्षाले सिधा पक्की सडकमा ल्याउने गर्दछ । बाटोमा धेरै वटा घुम्तिहरु छन् । तर कहिँ पनि ट्राफिक चिन्ह नभएकोले पनि दुर्घटना हुन सक्ने खतरा छ , यस्तो अवस्थामा मोटर साइकल लिएर बाटो पार गर्न अत्यन्तै गाह्रो भएको बताउछन मन्दिर दर्शन गर्न हिडेका मोरङ्का ४७ बर्षिय श्याम खतिवडा । त्यस्तै बराहक्षेत्र ४ का नवीन अधिकारी परिवार सहित बराहक्षेत्र मन्दिर दर्शनका लागि जादा परिवार सहित आफू लाई पनि झन्डै बाढिले बगाएको बताउँछन् । बाटोमा पहिरोले ल्याएको समस्या सिधा आफू संग आउने र कहिले आफुले कालिका कन्ट्रक्सनमा जानकारी गरेर बाटो खुलाउने कहिले कन्ट्रक्सन आफैले भन्नू पुर्वनै बाटोको पहिरो हटाइ आवत जावत खुलाउने गरेको बताउछन बराहक्षेत्र १ का वडा अध्यक्ष सुरेश श्रेष्ठ । बाटोमा किन कुनै पनि ट्राफिक चिन्ह हरु छैन भन्ने प्रश्नमा हरेक ठाउँमा ट्राफिक चिन्ह र साबधानिका लागी रात्री बल्ने इलेक्ट्रोनिक लाइटहरु राखेको तर राखेकै ठाउ बाट हराएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अविवाहित दुर्गेश थापा बने रियलमै बुवा
विभिन्न गित संगीतबाट चर्चा कमाएका र बेला बेला बिबादमा परिरहने नेपालका चर्चित गायक तथा मोडल दुर्गेश थापा छोराको बाबु बनेक...
संगित साधना प्रतिष्ठानका अध्यक्ष स्वर्गीय राम धामीको स्मृतिमा श्रद्धाञ्जली सभा
इटहरी । इटहरीमा रहेर नेपालकै गित संगित क्षेत्रमा अतुलनिय योगदान गरेका संगित साधना प्रतिष्ठान नेपालका अध्यक्ष स्वर्गीय रा...
पथरी शनिश्चरेबाट खैरोहिरोईन सहित ४ जना पक्राउ
मोरङ/ मोरङ पथरी शनिश्चरे-४ स्थितमा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन । पक्राउ पर...
घरबाट भागेका देवर-भाउजु : होटलमा मृत भेटिइन् भाउजु , देवरको अस्पतालमा मृत्यु
घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको...
पर्डेप नेपालको वार्षिक साधारण सभाका साथमा भवन उद्घाटन
धनकुटा । गरिवी निवारण तथा ग्रामीण विकास कार्यक्रम पर्डेप नेपाल धनकुटाको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । १ नं प...
ओलीको पाटीमा लाग्नु नर्क जानु हो ः भटटराई
इटहरी । नेकपाको प्रचण्ड माधव पक्षका युवा नेता योगेश भटटराई देशको जनमत कता छ भनेर माघ ९ गते काठमाडौको कार्यक्रमले देखाएको...