इटहरी÷निजी तथा आवाशिय माध्यमिक विद्यालय अर्गानाइजेसन प्याव्सन इटहरी नगर समितिको प्रथम अधिवेसनले शुर्वणबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

इटहरी नगरपालिका क्षेत्रमा रहेका एक सय २० संस्थागत विद्यालयका सञ्चालक आवद्ध प्याब्सन इटहरीले सर्वसम्मत कार्य समिति चयन गरेको हो । नयाँ कार्य समितिको उपाध्यक्ष पुष्यप्रसाद सापकोटा र महिला उपाध्यक्षमा रेश्मा रायमाझी ,सचिवमा सुर्यमणी निरौला, सहसचिवद्धयमा शिवप्रसाद तिमल्सीना र राजेश श्रेष्ठ रहेका छन । त्यसै गरी कोषाध्यक्षमा हेमन्त भटटराई र सहकोषाध्यक्ष खेम ढुंगेल रहेका छन । सोही अधिवेशनबाट रिता भुसाल,शिवनारायण चौधरी,जगन दाहाल, प्रदिप विष्ट र सौधन राई चयन भएका छन । नयाँ कार्य समितिको लेखा संयोजकमा राजेन्द्र श्रेष्ठ र अनुशासन समितिमा डिक कुमार तामागं र विमल थापालाई सर्वसम्मत गरेको पुर्व ससचिव नेलशन ढकालले जानकारी दिए ।

अधिवेसन इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गौतमको प्रमुख आतित्थ्यमा सम्पन्न भएको कार्यक्रममा प्याब्सन सुनसरीका अध्यक्ष सुमित थापा , बेणु सिटौला , शंकर थापा लगायतले सरकारले संस्थागत विद्यालयहरुलाई विभेद गरेको गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया