इटहरी । सुनसरीको इटहरीमा रहेको टोल विकास लघुउद्यम सहकारी संस्था लिमिटेडको आठौं साधारण सभाका अवसरमा जेष्ठ शेयर सदस्य सहित विभिन्न विधाका उत्कृष्ठ व्यक्तित्वहरुलाई सम्मान गरियो ।

आठांै साधारणसभाका अवसरमा टोल विकास लघुउद्यम सहकारी संस्थाले जेष्ठ शेयर सदस्यहरुका साथै शेयर सदस्यका विभिन्न कक्षामा उत्कृष्ठ नतिजा ल्याउने सन्ततीहरुलाई समेत सम्मान गरेको हो । सहकारीले जेष्ठ शेयर सदस्यहरु देवीप्रसाद भट्टराई , कृष्णकुमारी तिमल्सीना , हेमकुमारी श्रेक्ष्ठ र शान्ता लम्साललाई सम्मान गरियो । त्यसै गरी एस ई ई र प्लस टुमा उत्कृष्ठ नम्वर ल्याउने शेयर सदस्यका सन्ततीहरु संदीप दहाल ,शावित्री पौड्याल,करण श्रेष्ठ, मिलन पराजुली, निलम पराजुली, शिशा गौतम लगायतलाई सम्मान गरेको छ ।

सहकारीका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न खुल्ला सत्रमा प्रमुख अतिथी प्रदेस सभाका सदस्य लिलम वस्नेत ,अतिथीहरु विमल पौडेल, भोलाकाजी बस्नेत, उमानाथ दाहाल लगायतले समानितहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सात वर्ष अघि २०६७सालमा १सय ४९ जना शेयर सदस्यहरुका स्थापना गरिएको टोल विकास लद्युउद्यम सहकारीमा हाल सात सय ४२ जना शेयर सदस्य रहेको सचिव राजेन्द्रकेशरी घिमिरेले जानकारी गराए । सो सहकारीमा नियमित बचत , ऐच्छिक बचत, बाल बचत , बिशेष वचत, दैनिक बचत, चल्ती बचत लगायतका वचत र ऋण लगानीका क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया