इटहरी । आफुहरु अध्ययन गरेको विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उदेश्यले सुनसरीको प्रकासपुरमा रहेको प्रकास माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको भेलाले पुर्व विद्यार्थी मिलन समुह गठन गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिकाको प्रकासपुरमा रहेको प्रकास माविमा विभिन्न समयमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको भेलाले दामोदर काफ्लेको अध्यक्षतामा एघार सदसीय समुह वनाएको हो ।

विभिन्न समयमा प्रकास माविमा अध्ययन गरेका विद्यार्थीहरु संगठित भएर विद्यालयलाई सहयोग पुर्याउने समुह वनाइएको समुहका सदस्य रविन घिमीरेले वताए । विद्यालयको शैक्षिक गतिविधिलाई सहयोग पुर्याई अझ वढी प्रभावकारी रुपमा पठनपाठनको बातावरण मिलाउन सहयोग पुर्उने उदेश्यले गठित समुहको शनिवार बैठक वसी सहयोग पुर्याउनु पर्ने विषयको पहिचान गरिने समेत घिमीरेले जानकारी दिए । विद्यालयको शैक्षिक सुधारका लागि गठित समुहले डिल्लीराम अधिकारीको संयोजकत्वमा तीन सदसीय सल्लाहकार समिति समेत वनाइएको जानकारी गराइयो

तपाईको प्रतिक्रिया