ईटहरी, सुनसरी असोज ५ गते सामुदायिक विधालयका शिक्षक शिक्षिकाहरु संग छात्रा मैत्रि शौचालय सम्बन्धि छलफल कार्यक्रम गरिएको छ । उक्त्त कार्यक्रम युवा विकास केन्द्र, केटिहरु पहिला अभियान र युवा को सहकार्यमा सम्पन्न गरियो, युवाले पहिचान नामक परियोजना अन्तर्गत्त ईटहरीमा २२ जना युवाहरुलाई असारमा युवा अभिमुखिकरण गरि उनिहरुबाटै यस कार्यक्रमको योजना निमार्ण गरिएको थियो । यसै कार्यक्रमका लागि पहिले सामुदायिक विधालयहरुमा आवश्यक छात्रा मैत्रि शौचालय सम्बिन्ध सर्वेक्षण गरिएको थियो र उक्त सर्वेक्षणलाई आधार माने ईटहरीका ६ वटा सामुदायिक विधालयका शिक्षक शिक्षिकाहरु संग छलफल गरिएको छ । छलफलमा सामुदायिक विधालयहरुमा पुर्वाधार निमार्णका लागि आवशयक स्रोतको अभाव, विधार्थीहरु बस्ने सामुदायमा स्वास्थय र वातावरण सम्बन्धि आवश्यक ज्ञानको अभाव जसले गर्दा विधार्थीहरुमा पनि सरसामानको सुरक्षा गर्नपर्ने ज्ञान नहुने, विधार्थी लगाएत समुदायमा पनि छात्रा मैत्रि शौचालय निमार्ण र प्रयोग सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु लगिनु पर्ने जस्ता कुराहरु छलफल कार्यक्रममा आएका थिए ।
यस कार्यक्रमका संयोजक तारा चाम्लिङ्ग राई का अनुसार कार्यक्रमा उठेका समस्याको समाधानको लागि समुदाय स्तरमै मैत्रि शौचालय निमार्ण र प्रयोग सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु लगिने र विधालयका विधार्थीहरुमा पनि उक्त कार्यक्रम लगिने जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया