मगर मदन अधिकारी / प्रकाशपुर बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ मा विहिवार औपचारीक कार्यक्रमका विच अनलाइन घटना दर्ता प्रकृया सुरु गरिएको छ । पुरानो कागजि ढड्डा प्रकृया वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलिको पहिलो मन्त्री परीसदको बैठक बाट नै नेपालमा कागजि झमेला हटाइ कम्प्युटरको प्रयोग गर्न निर्देश देएका थिए । सोहि निर्देशन अनुसार स्थानि सरकारले समेत वडा वाट कम्प्युटर प्रविधिको प्रयोग सुरुगरीको हो । बराहक्षेत्र नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष केदार विष्टको अध्यक्षतामा सम्पन्न उक्ता कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका उप प्रमुख कमला मगर , विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहाल , अतिथिहरु नगर कार्यपालिका सदस्य शेषराज माझी, वडा सदस्य हरु, प्याब्सन नगर उपाध्यक्ष, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु रहेका थिए । शुभकामना मन्तब्य दिने क्रममा विशिष्ट अतिथि प्रमुख प्रसासकिय अधिकृत दाहालले सामाजिक सुरक्षा दर्ता तथा नबिकरण कहिले सम्म गर्ने भन्ने प्रस्ट पार्नुका साथै व्यक्तिगत घटना दर्ताको औचित्य र महत्वका बिसयमा प्रस्ट पारेका थिए । प्रमुख अतिथि उप-प्रमुख कमला मगरले हातले लेखेर दिदै आएको चलन अब बिस्तारै प्रबिधिले विस्तापित गर्ने गरेको साथै प्रबिधि ले आजको दिन सम्म आई पुग्दा थुप्रै उपलब्धि हरु हसील गरेको र उक्त उपलब्धिहरु लाइ नगरपालिकाले पनि संस्थागत गर्न पछि नपर्ने बताउनु भएको छ । मगरले सम्पुर्ण वडामा यस्तो नियम लागू गरीने बताउदै छिटै नगरमा समेत विधुतिय उपकरण बाट सेवा दिने बताउनु भएको छ । बिकाशका लागि टेक्नोलोजीको सबैले प्रयोग गर्नुपर्ने बताउदै अव जनताको काममा कुनै ढिलाइ हुन नहुने समेत बताउनु भएको छ । यता कार्यक्रमका सभाध्यक्ष तथा ११ नम्बर वडा अध्यक्ष केदार विष्टले आफ्नो वडाले बिधिबत रुपमा अनलाईन घटना दर्ता सुरु गर्न पाउनुले आफैमा गौरवान्वित महसूस गरेको र सामाजिक सुरक्षा भत्ता मा देखिने भ्रष्टाचारका समस्या अब बाट समाप्त हुने कुरामा आफु बिश्वास रहेको बताएका थिए । विष्टले आफ्ना वडा वासिलाइ कुनै किसिमको असहज विनानै सेवा दिनु आफ्नो मुख्य उदेश्य रहेकाले वाडाको विकासमा आफु निरन्तर निश्वार्थ भावले लाग्ने समेत बताएका छन् । व्यक्तिगत घटना दर्ता अन्तर्गत विवाह दर्ता , जन्म दर्ता, सम्बन्ध बिच्छेद , मृत्यु दर्ता र बसाइसराइको विहिवार देखि कम्प्युटर मार्फत हुन थालेको हो । भने बराहक्षेत्र १० नम्बर वडामा मंगलबार बाटनै सुरु भैसकेको छ । समय अनुसार प्रविधिको प्रयोग गरेकोमा स्थानिय वडा बासि समेत खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया