ईटहरी,  ईटहरीको युवा विकास केन्द«मा दिगो विकासको लक्ष्य हासिल गर्ने उदेश्यले समुदायको युवालाई नेतृत्व गर्ने क्षमता वृद्धि गर्न दुई दिने तालिम सञ्चालन गरिएको छ । 
हयाविटेट् फर हुमानिटि नेपालले आयोजना गरेको कार्यक्रममा विषेस युवामा दिगो विकासको लक्ष्य, सहभागिता र दिगो विकासको सोचाई साथै नँया काममा युवाको कसरि सहभागि हुने, युवामा नेतृत्व क्षेमता विकास चाहिन्छ, सोहि नेतृत्व क्षमता विकास तालिम प्रदान गरि समुदायको लागि दिगो समुदायको लक्ष्य हासिल गर्न मद्यत पुग्ने भएकाले प्रदेशमा नं एकमा युवा जनशक्ति तयार पार्दै युवालाई उत्त तालिम प्रदान गरिएको हयाविटेट् फर हुमानिटि नेपालको प्रशिक्षक नितेस गौतमले जानकारि दिएका छन् ।

भाद्र १२ गते धनकुटाको भेडेटारको होटल ड्रिम्स ईनमा ३१ जना युवालाई प्रशिक्षक—प्रशिक्षण तालिम दिइएको थियो । उत्त नयाँ प्रशिक्षकलाई दक्ष प्रशिक्षक साथै समुदायमा युवामा दिगो विकासको उदेश्य हासिल गर्ने युवामा नेतृत्व क्षमता विकास तालिम सञ्चालन गरिएको छ ।
नयाँ प्रशिक्षकलाइ सुनसरी, झापाको विभिन्न स्थानमा युवालाई नेतृत्व विकास तालिम सञ्चालन गररहेको हयाविटेट् फर हुमानिटि नेपालको पुर्वि जिल्लाको युथ इञ्गेज अफिसर नसिम सरवरले बताएका छन् ।
नयाँ प्रशिक्षकले सुनसरी, झापाको विभिन्न स्थानमा युवालाई नेतृत्व विकास तालिम सञ्चालन गररहेको, युवालाई नेतृत्व विकास क्षमता वृद्धि गर्न नयाँ प्रशिक्षकहरु दिपेन थापा, दिक्षा दाहाल, मन्दिरा दाहााल, दुर्गा गौतमले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा ३२ जना युवाको सहभागि रहेको थियो । कार्यक्रम दुईदिन सम्म चल्ने प्रशिक्षक दिपेन थापाले जानकरि दिएका छन् ।

तपाईको प्रतिक्रिया