इटहरी । सम्बन्धित निकाय तथा सरोकारवालाहरूले बजार अनुगमन गर्दा भरिएका सिलिण्डर ब्यवस्थापनको बिषयमा चासो नराख्दा प्रदेश एकका मुख्य सहरहरू बढदो जोखिमको सामना गर्न बाध्य बनेका छन । ग्यास डिलर एवम आधिकारीक बिक्रेताहरूले कम्पनीबाट खरीद गरेर ल्याएका खाना बनाउने एलपी ग्यासका सिलिण्डरहरू हाल सवारीसाधनहरू गुडने राजमार्गमै भण्डारण हुन थालेपछि प्रदेश एकका मुख्य सहरहरू अहिले उच्च जोखिममा रहेका छन ।

राजमार्ग जस्तो संवेदनसिल क्षेत्रमा भरीएका सिलिण्डरहरू भण्डारण हुन थालेपछि सिंगो सहर मात्र नभएर सडकमा हिडने पैदल यात्रीहरू समेत जोखिममा परेका छन । कोशी राजमार्ग अन्तरगत सुनसरीको इटहरी आसपास क्षेत्रहरूमा बिक्रिकालागि राखिएको खाना पकाउने एलपी ग्यास सिलिण्डरको कारण सिंगो सहर जोखिममा परेको बिषय उठाइरहदा सम्बन्धित निकायले अहिले सम्म कुनै चासो देखाएको छैन । भरिएका ग्यासका सिलिण्डरहरू मुख्य राजमार्गकै अघाडी भण्डारण गरिदा पनि राज्यबाट जिम्मेवार पाएका सम्बन्धित निकायहरूले कुनै चासो राखेका छैनन ।

पटक पटक खुल्ला सडकमा ग्यास भण्डारको बिषयमा बिस्फोटन दैनिकले समाचार समेत प्रकासन गर्दै आइरहेको छ । सरकारले बनाएको नीति बिपरीत ग्यास डिलरका सञ्चालकहरूले सडकमै सिलिण्डर भण्डारण गरिदिदा प्रदेश एकको मुख्य सहरहरू धरान , इटहरी , बिराटनगर , इनरूवा , बेलबारी , उर्लाबारी, दमक , बिर्तामोड , धनकुटा लगायतका सहरहरू जोखिममा परेका छन । कुनैपनि ग्यास डिलरले खरिद गरेको सिलिन्डर भण्डारण गर्नुपर्दा मानव बस्ति भन्दा २ किलोमिटरको दुरीमा ब्यवस्थित र शुरक्षित ढंगबाट भण्डारण गरिनुपर्छ तर इटहरी लगायत प्रदेश एकको कुनै जिल्लाहरूमा यो नियमको पालना भएको देखिदैन । ब्यापारीहरूले आफ्नो फाइदाकोलागि भरीएका सिलिण्डरहरू सडकमै देखाएर राख्ने मात्र हइन भण्डारण समेत सडकमै गरिदिएपछि जोखम बढेको हो ।

प्रदेश एकको अन्य बिकसित सहरहरूको तुलनामा ब्यापारीक हब मानिने इटहरीमा यो समस्या अहिले सिमा बाहिर पुगेको छ । अब्यवस्थित सिलिण्डर भण्डारणले भोलिको दिनमा के कस्ता जोखिम उत्पन्न गराउन सक्छ त्यसको ज्ञान ब्यापारीले पाएका छैनन । खुल्ला सडकमा राखिएको भरीएका सिलिण्डरहरूले कति सम्म जोखिम बढाइरहेका छन त्यो अनुमान समेत लगाउन पनि सकिदैन ।

छोटो समयमै बढी नाफा कमाउन मनसायका कारण इटहरीका ग्यास ब्यापारीहरूले सिलिण्डरलाई खेलौना सम्झिदै सडकमा राख्ने गरेका छन । भोलि भबितब्य कुनै दुर्घटना भएर एउटा मात्र सिलिण्डर बिस्फोट भए इटहरीले कत्रो क्षति बेहोर्नुपर्छ सो अनुमान कसैले लगाउन सकेको छैन । च्याउसरी इटहरीमा खुलेका ग्यास डिलरहरूले दैनिक ५० देखि १०० सम्म भरीएका सिलिन्डर बजारको सडकमा बिक्रीका लागि राख्ने गरेका छन ।

अब्यवस्थित सिलिण्डर भण्डारणकै कारण गएको बर्ष इटहरीमा ५ वटा ठुला घटना भएका थिए जसमा ३ जना गम्भिर घाइते बनिनुका साथै २० करोड बढीको क्षति भएको थियो । यता यस बिषयमा एलपी ग्यास उद्योग ब्यवसायी संघका अध्यक्ष शिव प्रसाद घिमिरेसंग सम्पर्क गर्दा उहाले ग्यास बिक्री गर्न वा डिलरहरूलाई पठाउनु अघि नै शुरक्षित भण्डारणको बिषयमा जानकारी गराइएको भएपनि अहिले सम्म कार्यानवयन नभएको बताउनुभयो । ग्यास भण्डारण गर्दा मानव बस्ति तथा बजार क्षेत्रबाट २ किलोमिटरको दुरीमा शुरक्षित र ब्यवस्थित तरिकाले भण्डारण गरिनुपर्ने नियम नै रहेको भएपनि ब्यवसायीहरूले यो नियम लागु नगरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।

लामो समय देखि इटहरीमा ग्यास डिलर सञ्चालन गर्दै आएका हटीया लाइनका सञ्ज्य भाडा पसल तथा ग्यास डिलरका सञ्चालक सञ्ज्य चौधरीसंग सम्पर्क गर्दा उनले पर्याप्त जग्गा नभएको कारण पसल अघाडी भण्डारण गर्नुपरेको बताए । अब्यवस्थित ग्यास भण्डारणकै कारण गत बर्ष उनले पनि सिलिण्डर चुहावट भइ आगलागि हुदा लाखौको क्षती बेहोरेका थिए ।

यता बजार अनुगमन संगै शुरक्षाको जिम्मेवार समालेको जिलला प्रसाशन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीसंग सम्पर्क गर्दा उनले यो बिषय अत्यन्तै गम्भिर रहेकोले तत्काल सामधान खोज्ने तर्फ आफु लगायत प्रसाशनकै टिम लागि परिरहेको बताए । उनले पटक पटक बजार अनुगमन गर्दा पनि ग्यास ब्यापारीहरूलाई डकमा सिलिण्डर भण्डारण नगर्न अनुरोध गर्दै आएको तर अटेर गरिरहेको बताए ।

उनले यो बिषयमा ग्यास ब्यवसायीहरुसंग बसेर छलफल र्गदै स्थानीय निकायहरु संग पनि बसेर समस्याको सामधान निकाल्न प्रयत्न र्गने बताए ।

तपाईको प्रतिक्रिया