इटहरी । बर्षै देखि इटहरीको टेंग्राखोलाको किनारमा पढ्दै आएका बालबालिकालाई आँखाको समस्या हुन सक्ने भन्दै लायन्स क्लब अफ् इटहरी क्रिएटिभ लेडिको आयोजनमा निःशुल्क आखाँ परिक्षण भएको छ । सगरमाथा आखाँ क्लिनिकको सहयोगमा ४० जना बालबालिकाहरुको आखाँ जाच भएको हो ।

बाटोमा बसेर बढने भएको कारण धुलो धुवाका कारण हुने र बालबालिकाहरुलाई आँखाको समस्या भएको हुन सक्ने अनुमान सहित बिपन्न तथा गरिब वर्गको बढि बालबालिका रहेको कारण यस्तो जाँचको आयोजना गरिएको क्रिएटिभलेडिकी अध्यक्ष शान्ता न्यौपानेले बताइन् ।

आखाँ जाँचबाट बालबालिकाहरुलाई थप उपचार तथा चश्मा आवश्यक परेमा निःशुल्क प्रदान गरिने पनि न्यौपानेले बताईन् । सगरमाथा आखा क्लिनिकका डा. केदार तिम्सिनाले परिक्षण गरेका थिए । सो कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ नेपालका सिनियर एड्भाईजर बिमल पौडेल, रिजन चेयर पर्सन नरनाथ सापकोटा, डा. केदार तिम्सिना, शिक्षक चन्द्र भण्डारी, क्रिएटिभलेडिका सचिब मिना प्रसाई, सिता रसाईली लगायतले बालबालीकाको आखाँ जस्तो सम्वेदनशिल कुरामा ध्यान दिनुपर्ने र सबै सजक हुनु पनर्मो आ आफ्ना धारणा ब्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया