सुनसरी, असोज ४ । सुनसरीको हरिनगर गाउँपालिका–२ मा हरियानी बोर्डिङ स्कुलका शिक्षक मौलना खुर्शिद इस्लाहीलाई भारतीय समुहले गोली हानी हत्या गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

बिहिबार बिहान पौने ११ बजेतिर मोटरसाइकलमा सवार भारतीय समुहले उनको हत्या गरेपछि स्थानीवासी आक्रोसित बनेका हुन् । प्रहरी टोली घटनास्थलमा ढिलो आइपुगेको भन्दै आक्रोशित बनेका स्थानियहरुले आलमको शव प्रहरीसँग खोसेर सडकमा राखी विभिन्न ठाँउमा टायर बालेर प्रशासन विरुद्ध नाराबाजी गरिरहेका छन् । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।

गोली हानी भाग्ने व्यक्तिलाई घेरा हाल्ने क्रममा गोली चल्दा अन्य एक जना हरिनगरा वडा नं ४ का प्रहरी हवल्दार शिवलाल पौडेल घाइते भएका थिए । गोली हानी भारततर्फ भागेका हतियारधारी समूहको पिछा गरी छेक्ने क्रममा प्रहरीसँग गोली हानाहान भएको हो ।

 

तपाईको प्रतिक्रिया