सुनसरी/  सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहा बजारमा पूर्व एमालेका नेता खुर्सिद आलमको आज दिउँसो गोली हानी हत्या भएको छ । दिउँसो पौने एघार बजे मोटरसाईकलमा आएका दुई जना हतियाधारी समूहले रामनगर भुटाहा बजारमा गोली हानी आलमको हत्या गरे । गोली हानी मोटरसाईकलमा भारतीय सीमा तर्फ भाग्दै गरेका सुटरहरुलाई घुस्कीमा रहेको प्रहरी चौकीका प्रहरीहरुले छेकेर पक्रन खोज्दा प्रहरीलाई समेत गोली हानी उनीहरु भाग्न सफल भएका थिए । गोली लागेका दुबै जना प्रहरीको अवस्था गंभिर रहेको स्थानीयहरुले जानकारी दिएका छन । उनीहरु प्रहरीलाई गोली हानेर घुर्ना बजार तर्फ भागेको बताईएको छ । नेपाल र भारतको सिमा नजिककैको स्थानमा उनलाई गोली हानिए

को हो । मोटरसाइकलमा चढेर आएका दुई जनाले आलमलाई गोली हानेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले जानकारी दिए । मृतक आलम पूर्व एमालेका स्थानीय नेता समेत रहेको बताइएको छ । उनी रैयन पब्लिक स्कुलका प्रधानध्यापक रहेका खुर्सीद आलमको गोली हानी हत्या गरेका हुनु ।
गोली हानेर भागेका सार्पसुटरहरु भातर तिर भाग्न खोज्दा घुस्की प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीसँग पनि गोली हानाहान भएको बताइएको छ । गोली लागि प्रहरी पनि घाईते भएको बताइएको छ । घाईते मध्ये शिवलाल पौडेलको नाम मात्र खुलेको छ । तर कति प्रहरी घाईते भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन ।
अहिले नेपाल भारत सिमा सिल गरिएको छ । ठुलो संख्यामा प्रहरी र शसस्त्र प्रहरी परिचालन गरको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ । सार्प सुटरहरु भारत तर्फ भागेका कारण भारतीय प्रहरीको सहयोगमा खोजी कार्य भईरहेको सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया