इनरुवा/ सुनसरीको हरिनगर गाउँपालीकामा गोलि चल्दा एकजनाको ज्यान गएको छ भने एक जना प्रहरी घाइते भएको स्थानीयहरु बताएका छन् । स्थानीयहरुका अनुसार ११:४५ बजेको समय भारतीय नम्बर प्लेटमा सवार आएका दुईजनाले गोलि चलाउदा स्थानीय खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो भने प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका हुन । उनलाई उपचारको लागि बिराटनगरको एक अस्पताल पठाएको छ ।यसबारे थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया