मदन अधिकारी / प्रकाशपुर बराहक्षेत्र नगरपालिका वडा नम्बर १० ले सम्बिधान दिवशको पुर्व सन्ध्या पारेर व्यक्तिगत घटनादर्ता अनलाइन सिस्टम बाट सुरुगरेको छ । बराहक्षेत्र नगरपालिकामै पहिलो पटक अनलाइन प्रविधिको प्रयोग गरि विवाह दर्ता , जन्म दर्ता, सम्बन्ध बिच्छेद , मृत्यु दर्ता र बसाइसराइको व्यक्तिगत घटना दर्ता सुरुगरीएको हो । वडा नम्बर १० का वडा अध्यक्षको हातबाट औपचारीक उद्घाटन गरिएको यश प्रविधि बराहक्षेत्र नगरकै पहिलो प्रविधि रहेको १० वडा सचिव होम प्रसाद लिम्बुले जानकारी दिए । समयको बचत र केरमेट नहुने भएकाले पनि यश प्रविधि सहज हुने सचिव लिम्बूले जनाए । यता १० नम्बर वडा अध्यक्ष महेन्द्र बहादुर खत्रिले स्थानियले बुझ्ने शब्दमा नभएको व्यापक गुनासो आएको र स्माट वडा वनाउने नारा लिने तर काम भने पुरानो तवरबाट गर्ने यसले स्माट सिटि नबन्ने भन्दै कागजि झमेला विस्तारै वडा बाट हटाइ टेक्नोलोजिको प्रयोग गर्ने उनले बताएका छन् । यता वा अध्यक्षको हात बाट विवाह दर्ताको पत्र लिदै योगेश माझी र मुना कुमारी माझिकले कम्प्युटरको माध्यमबाट विवाह दर्ता गराउन पाउँदा खुसि भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया