इटहरी । आर्थिक अवस्था कम्जोर भएका कारण उपचार खर्च जुटाउन सहयोगी हातसंग भरपदै आएका सुनसरीका १० वर्षिय ब्लड क्यान्सर पिडित विवेक आचार्यलाई भोजपुर सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ ।

कतारमा वैदेशिक रोजगारीका क्रममा रहेका भोजपुरका युवाहरुले संकलन गरेको एक लाख १२ हजार १ सय ५० रुपौया पिडित बालकका आफन्तलाई हस्तान्तरण गरिएको हो । भोजपुर सेवा समाज कतारले संकलन गरि पठाएको रकम इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको हातबाट पिडित बालकका आफन्त अर्जुन थापालाई हस्तान्तरण गरियो । रकम हस्तान्तरण पछि पिडित बालकका आफन्त थापाले २२ महिना देखि ब्लड क्यान्सरबाट पिडित विवेकको उपचार भरतपुर क्यान्सर अस्पतालमा भई रहेको र १७ ,१८ लाख खर्च भई सकेको समेत वताए । उनले चिकित्सकहरुले अरु १४ महिना जति उपचार गर्नु पर्ने वताएकाले सहयोगी हातहरुबाट रकम जुटाएर उपचार हुँदै आएको समेत जानकारी दिए । बालकको उपचारका लागि रकम जुटाउ समन्वय गर्ने काम खगेन्द्र कार्कीले गरेको समेत सो अवसरमा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया