इटहरी । पाँचौं परिवार नियोजन तथा नेपाल परिवार नियोजन संघको ६०औं वार्षिक उत्सवका अवसर पारेर सुनसरीको इटहरी पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

इटहरी उपमहानगरपालिकाको आयोजनामा दिवसका अवसरमा इटहरी क्षेत्रमा प्रभातफेरी र चेतनामुलक कार्यक्रम गरि मनाइएको हो ।

परिवार नियोजन दिवसका अवसरमा आयोजित प्रभातफेरीमा इटहरी क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी , स्वयमसेविकाहरु , सामाजिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रभातफेरी पछि आयोजित कोणसभामा परिवार नियोजनका सम्वन्धमा चेतनामुलक सन्देशहरुका विषयमा चर्चा गरियो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षता भएको कार्यक्रममा परिवार नियोजनका विषयमा डा. बालकृष्ण झा , कुमार गिरी , डम्वर श्रेष्ठ लगायतले बोलेका थिए । युवा विकास केन्द्र , पिसआई नेपाल , मेरीस्टोप लगायतका संघसंस्थाहरुको कार्यक्रममा सहभागिता रहेको युवा विकास केन्द्रका सञ्जय चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया