इटहरी । प्रदेश एकको राजधानी दावी गर्ने इटहरी समसाँझै बन्द हुन्छ । मानिसको व्यस्तता बढ्दै जाँदा बजार भने रात्री चल्न सकेको छैन् । तर अव इटहरी उपमहानगरपालिकाले पूर्वमै नुमना रात्रीकालिन बजार सञ्चालन गर्ने भएको छ । राजधानीका लागि आवश्यक पूर्वाधारको विकास गर्ने बताईरहेको इटहरी उपमहानगरपालिकाले नमुना रात्रीकालिन बजार सञ्चालन गर्ने बताएको छ । आर्थिक बर्ष ०७५।०७६को बजेट, नीति तथा कार्यक्रममा रात्रीकालिन बजार सञ्चालन गर्ने भनिएको छ । तिव्र विकास भईरहेको इटहरी जहाँ जनघनत्व,शहरीकरण र बजार विस्तार पनि तिव्र छन् । तर इटहरीका किराना,औषधी पसल लगायतका अत्यावश्यक पसलहरु रात्री ८ बजे नै बन्द हुन्छन् । मद्यपान गर्ने केही होटलहरु मात्रै १० । ११बजे सम्म खोलिएका हुन्छ ।
यहि तथ्यलाई मध्यनगर गर्दै उपमहानगरपालिकाले परिक्षणको रुपमा रात्रीकालिन बजार सञ्चालन गर्ने जनाएको छ । इटहरीको उत्तर पश्चिममा आइतबारे देखी टेलिकमसम्मको बाटोमा सोलार लाईट, सिसिटिभी क्यामेर जडान गर्ने देखि लिएर शौचालय र प्रहरी बिट समेत राख्ने तयारी थालिएको छ ।
बजार सञ्चालन गर्ने विषयमा उपमहानगरपालिका,उद्योग वाणिज्य संघ, टोलबासी सबैको सर्वपक्षिय छलफल गरी सम्भावीत बजारको अनुगमन पनि गरिएको छ । सो बजारमा अत्यावश्यक सामानहरुका साथै अन्य विभिन्न प्रकारका पसलहरु सञ्चालन गरिने योजना रहेको छ ।

बजार सञ्चालन गरिने भएपछि स्थानिय टोलबासीहरु भने उत्साहित भएका छन् । बजार सञ्चालन भए इटहरीबासीलाई राम्रो हुने स्थानियको सोमनाथ गौतम भनाई छ ।
बजार सञ्चालन गर्न सुरक्षा प्रमुख चुनौति देखिएको बजार सञ्चालन समितकी संयोजक तथा उपमेयर लक्ष्मी गौतम बताउनुहुन्छ । सुरक्षकालागि प्रहरी बिट पनि राखेर सुरक्षा व्यवस्था गरिने योजना रहेको उपमेयर गौतमले बताउनुभयो ।
पहिलो चरणमा अहिले स्थलगत अनुगमन गरिएको छ । लगत्तै आवश्यक सवै पूर्वाधार विकास गरिने उपमहनगरले जनाएको छ ।
रात्रीकालिन बजार सञ्चालन गर्नु राम्रो कुरा हो । तर बजार सञ्चालन गर्नूपूर्व प्रयाप्त सुरक्षा सहितको व्यवस्था गर्नू आवश्यक हुन्छ । सञ्चालन गरेको केही समयमै बन्द गर्नुभन्दा भोली आउने चुनौतिको व्यवस्थापन अहिलै गर्न सके योजना सफल हुन सक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया