इटहरी । उपचारका क्रममा विरामीहरुलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलव्ध होस भनेर सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन ।

लायन्स क्लव अफ इटहरी सिटीको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ५१ जना महिला पुरुषले रक्तदान गरेका हुन । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धरानका सोमनाथ भण्डारी,मनि लिम्बु,युनिका राई अनमोल यादवको टिमले प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम तृतिय उपाध्यक्ष रञ्जु सिग्देलको सक्रियतामा आयोजना गरिएको लायन्स क्लव अफ इटहरी सिटीका सचिव लोकेन्द्र ढकालले जानकारी दिए । पुर्व क्षेत्रकै सबै भन्दा वढी विरामीहरु आउने धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने विरामीहरुलाई उपचारका लागि रगत अभाव नहोस भनेर रक्तदान गरिएको समेत उनले वताए । नेपाल रेडक्रम सोसाइटी इटहरी उपशाखाका उपाध्यक्ष दिनेश भट्टराईको प्रमुख अतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा इटहरी क्षेत्रका सामाजिक व्यक्तित्वहरु हिरा आचार्य , नरनाथ सापकोटा , सञ्जीव ढुगांना लगायतको अथिति रहेका थिए ।

पुर्व क्षेत्रमा हुने रक्तदान कार्यक्रममा सवै भन्दा ठुलो हिस्सा ओगट्ने इटहरी क्षेत्रबाट मात्र रक्त सञ्चार केन्द्र धरानमा संकलन हुने ४० प्रतिशत रगत संकलित हुने गरेको तथ्याँक रहेको छ ।

तपाईको प्रतिक्रिया