काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व दर्शै तिहार नजिकिदैं गर्दा अहिले पर्वको रौनक सुरु हुन थालेको छ । हरेक वर्ष चाडपर्वको अवसरमा नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने गर्छ । यस पर्वमा विगतमा जस्तै नेपाल राष्ट्र बैंकले आगामी दसैंलाई लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । सर्वसाधारणलार्य नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक अझै छलफलकै क्रममा छ । मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पाहोर सालकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गरिने जानकारी दिए । पोहोर दसैंमा राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाएको थियो ।

 

तपाईको प्रतिक्रिया