इटहरी / इटहरीको जनता बहुमुखी क्याम्पसले स्नातक तहको प्रथम बर्षका बिधार्थीहरुलाइ एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न बिधालयबाट आधारभुत तह पास गरी स्नातक तहको लागी जनता क्याम्पसले स्बागत कार्यक्रम को समेत आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ । सहायक क्याम्पस प्रमुख गीता अधिकारीको सभापतीत्वमा सम्पन्न भएको कार्यक्रममा बिभीन्न संकायका प्राध्यापकहरु ,स्वबियू प्रतिनीधि बिभिन्न संगठनका प्रतिनीधि लगाएतको सहभागीता रहेको थियो । मानवीकी , समाजसात्र, ब्यबस्थापन र शिक्षा संकायका प्राध्यापकहरुले आ(आफ्नो संकायको बिषय तर्फ तफ प्रकास पारेका थिए भने सभापति समेत रहेकी सह क्याम्पस प्रमुख गीता अधीकारीले सम्पूर्ण बिषय उतीकै महत्बपूर्ण रहेको बताएकी छिन । कार्यक्रममा सहाएक क्याम्पस प्रमुख टोलनाथ काफ्लेले बिधालयको बारेमा बिधालय परिसर भित्र बिधार्थीले पालना गर्नुपर्ने अनुसासन , बिधालयले प्रदान गर्ने शेवा सुबिधा लागाएत को बारेका प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया