दुहवी/असोज २/ माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले आवहान गरेको नेपाल वन्द पूर्वी नेपाल तथा सुनसरी, मोरङ लगायतका जिल्लामा पनि प्रभाव परेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहाना अनुुसार काम गर्न नसकेको तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई गैर कानूनी रुपमा थुनामा राखेको विरुद्ध असोज २ गते नेपाल बन्दको आब्हान गरेको हो । माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालका अध्यक्ष रञ्जित गुरुङ्गले एक विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका हुन । बन्दका कारण शुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल आर्मीले पेट्रोलीङ्ग गस्ती गरीरहेको छ ।

तपाईको प्रतिक्रिया