धरान/असोज २/माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले आवहान गरेको नेपाल वन्द पूर्वी नेपाल तथा सुनसरी, मोरङ लगायतका जिल्लामा पनि प्रभाव परेको छ । धरानबाट चल्ने पुर्व पश्चिम तथा पहाडी रुटका कुनैपनि सवारी चल्न सकेन भने टेम्पो र सिटी सफारी आंसिक रुपमा चलेको छन । पसल हरु खुल्ला रहेका छन । वन्दका कारण पहाडी रुटका यात्रुहरु मारमा परेका छन् । विराटनगरका केही शैक्षीक सस्थाहरु खुल्ला रहेका छन । तर शैक्षीक संस्था खुल्ला भएपनी यनतायात ठप्प भएका कारण विद्यार्थीहरु मारमा परेका छन । इटहरी, खनार दुहवी वाट अध्यनका लागी विराटनगर जाने गरेका छन । नियमित जस्तो गाडी नपाएपछी विद्यार्थीहरु सडकमा गाडीको पर्खाइमा घण्टौ कुर्न बाभ्य भएका छन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहाना अनुुसार काम गर्न नसकेको तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई गैर कानूनी रुपमा थुनामा राखेको विरुद्ध असोज २ गते नेपाल बन्दको आब्हान गरेको हो । माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालका अध्यक्ष रञ्जित गुरुङ्गले एक विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेका हुन ।
तर यता प्रहरीले कुनै कसैको बन्द नरहेको बताएको छ । सधैझै निर्वाध रुपमा यातायात सञ्चालन हुने प्रहरीले जनाएको छ । बन्दको हल्ला गर्ने कोही भेटिए बिहानै प्रकाउ गरिने प्रहरीले जनाउको छ । कसैको डर र धम्कीमा नपर्न सर्वसाधरणलाई भनिएको छ ।

तपाईको प्रतिक्रिया