बिराटनगर / ‘न टेक्ने हाँगो न त समाउने रुख , तारामण्डलको छानो मगन्ते जिवन । हो दर्शक विन यसरीनै चलिहरको छ । विराटनगर १४ का मुस्लीम टोलका बालबालीकाको दिन चर्या । बालबालीकाको पहिलो विद्यालय भनेको घर हो । उनिहरुका बाबुआमा भनेका शिक्षक शिक्षीका हुन । त्यसैले पहिलो घरका शिक्षकहरुले उनिहरुलाई माग्न र फोहोर टिप्ने सँकार सिकाए । मुखमा लाउनेमाड छैन टाउकोमा टोपी भन्ने उखान जस्तै पेट भर्ने अन्न छैन कसरी विद्यालयमा पैसो खर्चेर पढउने भन्ने विषयमा अविभावक चिन्तीत छन ।

बेरोगारी समस्या र आर्थिक अभाव झेल्दै आएका ति बालबालीकाका अबिभावकहरु थोत्रा प्लास्टीक र बोतल टिपेरै छाक टार्न गर्छन । भनीन्छ बाबालीका गिलो माटो हुन उनिहरुलाई जस्तो आकार दियो उनिहरु त्यस्तै बन्छन । प्रत्येक शनिबार माग्न र अरु दिन थोत्र प्पलास्टीक टिप्ने बालकालीकाको उत्थानकालागी सरोकारवाला निकायको खाँचो छ ।

तपाईको प्रतिक्रिया