मेरो सुरक्षाप्रालि र प्रिमियर इन्स्योरेन्सकाबिचमामोबाइलबीमा सम्बन्धि सम्झौताभएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइलप्रोटेक्सनप्लानमा सहभागिहुनेहरुको मोबाइलबीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बिच दुई संस्थाकाप्रमुखकार्यकारीले सम्झौतापत्रमाहस्ताक्षर गरेका छन् ।

सोमबार राजधानीमाआयोजित एक कार्यक्रममा मेरो सुरक्षाकाप्रमुखकार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सकाप्रमुखकार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइलबीमा सम्बन्धि सम्झौतापत्रमाहस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइलप्रोटेक्सनप्लानमा सहभागिहुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमाप्रिमियर इन्स्योरेन्समाहुनेछ । यस अघि मोबाइलप्रोटेक्सनप्लानका रुपमामात्र सुरु भएको सेवा अब मोबाइलइन्स्योरेन्समा रुपान्तरण भएको हो ।

‘मेरो सुरक्षासँगको सहकार्यले मोबाइलप्रयोगकर्ताले सहज रुपमाआफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले लिएका छौं ।’प्रिमियर इन्स्योरेन्सकाप्रमुखकार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले भने ।

‘कुनै कारणले मोबाइल फुटेमा, आगो वापानीले मोबाइलमाभौतिकक्षतीपुगेर मोबाइलनचल्ने भएमावा हराएमावाचोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहितनयाँमोबाइल सेट उपलब्ध गराउँछ ।’ मेरो सुरक्षाकाप्रमुखकार्यकारी अधिकृत प्रेम सुनुवारले भने ।मोबाइलप्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइलएपतथा वेबसाइटबाट सिधै मेरो सरक्षाप्रोटेक्सनप्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्छन् । सेवा सुरु गरेको छोटो समयमा नै सेवाग्राहीमाझलोकप्रिय बनेको मोबाइलप्रोटेक्सनप्लान २५ हजार बढीले खरिद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइलएप ४० हजारभन्दा बढी डाउनलोड भैसकेको छ ।

सोहीकार्यक्रममामहानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्तभएका छन् । ब्राण्ड एम्बेसडर नियुक्तभएकाहमालले मेरो सुरक्षा नेपालको सन्दर्भमा फरक किसिमको सेवाभएको भन्दै यसबाट आममोबाइलप्रयोगकर्ताले आफ्नो मोबाइलको सुरक्षागर्न सक्ने बताए । मोबाइल फुट्ने, हराउने वाचोरी हुने, जस्ता समस्या समाधानकालागि मेरो सुरक्षाको प्रोटेक्सनप्लानले दिने बीमा योजनाउत्तमविकल्पहुने हमालको भनाई थियो ।

राजधानीका४ सय बढी मोबाइल आउटलेटबाट मोबाइलकिन्दा मेरो सुरक्षाको मोबाइलप्रोटेक्सन प्लानबाट बीमा योजनामा सहभागिहुन सकिने मेरो सुरक्षाले जनाएको छ । दशैं पछि राजधानीबाहिरबाट पनि मेरो सुरक्षाको मोबाइलप्रोटेक्सन प्लानबाट बीमा योजना सुरु हुनेछ ।

मोबाइलप्रोटेक्सनप्लानलिनकालागिप्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकमभुक्तानगर्नु पर्ने हुन्छ । यसका साथै सेवाग्राहीले मोबाइलकिनेर मेरो सुरक्षाएप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन सक्छन् । यसरी मोबाइलको बीमागर्दा लाग्ने शुल्कखल्ती, आई पेका साथै १५ वाणिज्य बैंककाअनलाइन बैंकिंगबाट भुक्तानगर्न सकिन्छ । मेरो सुरक्षाले दशैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागिहुनेहरुलाई एक लाख रुपैंयाको निशुल््क दुर्घटना बीमाउपलब्ध गराउने जनाएको छ ।

तपाईको प्रतिक्रिया