इटहरी । संविधान दिवस इटहरीमा विविध कार्यक्रम गरी मनाइने भएको छ । अशोज ३ गतेको दिवसलाई लक्षित गरि २, ३ र ४ गते इटहरीमा सरसफाई, साझमा दिपावली , बक्तृत्वकला प्रतियोगीता लगायत विविध कार्यक्रम आयोजना गर्न लागिएको छ । इटहरी उपमहानगरपालीकको प्रमुख द्रारीकलाल चौधरीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
दिवसका अवसरमा इटहरीमामा वृक्षारोपण, प्रभातफेरी सहित संविधान दिवस विषयक अन्तरकृयाका साथै बकतृत्वकला जस्ता कार्यक्रम आयोजना गर्न लागिएको इटहरी उपमहानगरपालीकको प्रमुख द्रारीकलाल चौधरीले बताउनुभयो ।
दिवस तयारीका लागि डाकिएको बैठकमा उधोग वाणीज्य संघ इटहरी, नागरीक समाज, सामाजीक संघ सस्थाका प्रतिनिधी, प्रशासकीय अधिकृत,इलाका प्रहरी कार्यलयका प्रमुखका साथै सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया