इटहरी । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई विभिन्न देशका शैक्षिक संस्थाहरुका विषयमा अल्फा बिटा इटहरीले जानकारी गराएको छ ।

पछिल्लो समयमा नेपाली विद्यार्थीहरुको आकर्षण उच्च शिक्षाका लागि विकसित मुलुकका शैक्षिक संस्थाहरुमा पर्न थालेको तर्फ मध्यनजर गर्दै अल्फा बिटाले विदेशका शैक्षिक संस्थाका विषयमा जानकारी गराएको हो ।

प्लस टु र स्नातक तहको पठाई सकाएका विद्यार्थीहरु पछिल्लो समयमा विदेशका क्लेजहरु तर्फ अध्ययनका लागि जाने क्रम पुर्व नेपालका विद्यार्थीहरुको समेत बढेको छ । विद्यार्थीहरुलाई अमेरिका , अस्टेलिया , बेलायत , लगायतका देशका शैक्षिक संस्थाहरुका पाठ्यक्रम , शुल्क , कलेजको अवस्था फर्सदको समयमा काम गर्न पाईने समय लगायतका विषयमा सम्वन्धीत कलेजका प्रतिनिधिहरुले नै जानकारी गराउने व्यवस्था मिलाइएको अल्फा बिटा इटहरीका सुभाष लुइटेलले वताए । अल्फा बिटाको एक दिने शैक्षिक मेलामा तीन सय बढी विद्यार्थीहरु सहभागी हुने भएर विदेशका शैक्षिक संस्थाहरुका विषयमा जानकारी हासिल गरेका थिए ।

तपाईको प्रतिक्रिया