विराटनगर । सरकारको नुन खाएका कर्मचारीले जनताको काम गर्ने हो तर सरकारको नुन पनि खाने जनतालाई दुःख पनि दिने सरकारी कर्मचारीको रबैयाले जनता आजित भएका छन । सो कार्यालयका कर्मचारीले दिन दहाडै घुस लिन थालेका छन ।
पुर्वको विभिन्न स्थानबाट नेपालको सिमावर्ती बजार जोगवनीमा उपभोक्ताहरु सस्तो मुल्यमा सामान किन्न जोगवनी आउने गर्छन । सस्तो मुल्यमा उपयुक्त उपभोग्य सामाग्री किन्न आउने सर्वसाधारणलाई भन्सार कार्यलयका कर्मचारीले ५० रुपैया देखि ५ सय रुपैया सम्म घुस लिने गरेका छन ।
तर सेवाग्राहीहरु समेत भन्सार कार्यलयका कर्मचारीहरुसंग घुस लिनेगरेकोमा रुस्ट छन । सामान्य घर गृहस्ती चलाउन सस्तो मुल्यमा उपभोग्य सामाग्री किन्न नेपाल भारतको सिमा क्षेत्र जोगवनी पुग्छन र उपभोग्य सामाग्री किनेर फर्कीन्छन । त्यसपछी कर्मचारी र पुलीसको हैरानीको शिकार सर्वसाधारण बन्ने गरेको पिडीतहरु ब्ताउछन् ।
विराटगर भन्सार कार्यलयका खरिदार कुमार ढकालले सेवाग्राही संग घुस मागेपछी भन्सार कार्यालय परीरसमा निक्कै ठुलो बंबंन्डर भयो ।
भारतको कोलकोटा बाट भारतीय प्रहरीको जागिरबाट अवकास भएका नेपाली समिर भट्टराईले आफु भारतमा रहदा प्रयोग भएको घरायासी सामाग्री गाडीमा हालेर नेपाल ल्याएका हुन । विराटनगर भन्सार कार्यलयमा आईतबार बिहान ल्याई पु¥याईएको सामान भन्सार कार्यलयका कर्मचारी कुमार ढकालले समान पास गराए वापत दुई हजार रुपैया मागेपछी सामाग्री धनीले बिहानै देखि भन्सारमै थन्क्याई दिएका हुन ।
घुस मागेपछी विराटनगरका स्थानीयहरुले समेत भन्सारको काउन्टर घेरेका थिए । स्थानीयको भिड बढेपछी कर्मचारीलाई भिड सम्हाल्न निक्कै मुस्कील पर¥यो । त्यसपछी प्रहरीले भिड नियन्त्रण गर्न बाध्य भयो ।
विराटनगर भन्सार कार्यलयमा दोस्रो र तेस्रो मुलुकबाट ल्याईएका बस्तुको मुल्याङकन कम गरेर भन्सारका कर्मचारीले मोटो रकम असुल गरी रहेका छन । त्यसैले संञ्चारकर्मीलाई भन्सार कार्यालयले मुल्याङकन गरेको ठाउमा गएर तसस्विर खिच्न समेत दिदैन । किनभने त्याँहा भन्सार कार्यलय विराटनगरका प्रमुख मिमांस अधिकारीले भन्सार मुल्याङकन क मगर्न लगाएर अन्य कर्मचारी मार्फत माटो रकम असुल्ने गरेका छन ।

तर विराटगर भन्सार कार्यालयका कर्मचारीको रबैयालाई विराटनगर भन्सार कार्यलयका प्रमुख मिमासं अधिकारीले यसरी जोगाउछन ।
विराटनगर भन्सार कार्यलयका भन्सार मुल्याङकन कर्मचारी समेत बिक्री हुने गरेका छन । ५० रुपैया देखि १५ हजार रुपैया सम्म लिएर कम भन्सार मुल्याङकन गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर यो आरोपको भन्सार एजेन्ट संघ विराटनगरका अध्यक्ष बृजेन्द्र परासर खण्डन गर्छन ।

तपाईको प्रतिक्रिया