इटहरी । सुनसरीको इटहरीमा ढुवानीका क्षेत्रमा प्रयोग हुने सवारी साधनहरुलाई सुरक्षित र व्यवस्थित रुपमा र्पािकगंका लागि ट्रान्सपोट नगर तथा पार्किगं स्थल सञ्चालनमा ल्याइएको छ ।

ढुवानी व्यवसायका क्षेत्रमा सक्रिय २२बटा संस्थाको सामुहिक प्रयासमा इटहरीमा ट्रान्सपोट नगर तथा पार्किगं स्थल सञ्चालनमा ल्याइएको हो । विश्वकर्मा पुजाको अवसर पारेर सञ्चालनमा ल्याइएको ट्रान्सपोट नगर तथा पार्किगं स्थलको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले उद्घाटन गरेका हुन ।

ढुवानी व्यावसायीहरुले सवारी साधनहरु पार्किगंको लागि व्यवस्थित र सुरक्षित ठाँउ खोजि गर्ने क्रममा इटहरी १३ खनारमा ट्रान्सपोट नगर तथा पार्किगं स्थल सञ्चालनमा ल्याइएको इटहरी ढुवानी एजेन्ट व्यवसायी संघका अध्यक्ष समिरराज पोखरेलले जानकारी दिए । बजार क्षेत्रमा ढुवानीका सवारी साधनहरु पार्किगं गर्दा समस्या भई रहेको तर्फ मध्यनजर गरेर भाडामा जग्गा दिएर पार्किगं स्थल वनाइएको र ८० वटा सम्म ढुवानीका सवारी साधनहरु राख्न सकिने समेत उनले जानकारी दिए ।

राज्यसंग पटकपटक विभिन्न ठाउँमा ट्रान्सपोट नगरीको व्यवस्था गर्न माग राख्दै आएपनि सरकारले अहिले सम्म ट्रान्सपोट नगर सञ्चालनमा ल्याउन नसकि रहेको ढुवानी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष सन्तवहादुर डुम्जनले वताए । राज्यले नै ढुवानी व्यवसायलार्य सहज वनाउनका लागि र टाफिक जाम नियन्त्रणका लागि समेत ट्रान्सपोट नगरीको व्यवस्था गर्नु पर्ने माग समेत आफुहरुले राख्दै आएको डुम्जनले जानकारी दिए । सो कार्यक्रममा ढुवानी व्यावसायी महासंघ पुर्वाञ्चलका उपाध्यक्ष विनोदकुमार सिंह ,केशव गिरी लगायतले ट्रान्सपोट नगरीका कारण व्यापार व्यवसायलाई समेत हुने विश्वास व्यक्त गरे ।

ट्रान्सपोट नगरी नभएका कारण ढुवानी व्यवसायीहरुले सडक क्षेत्रमै सवारी साधनहरु पार्किगं गर्ने गरेका कारण समेत समयसयममा टाफिक जामको समस्या हुने गर्दछ । त्यसैलाई मध्यनजर गर्दै इटहरी क्षेत्रमा विगत देखिनै ढुवानीका साधनहरु पार्किगंको व्यवस्था मिलाउदै आएपनि ठाँउ साधुरो हुने बजार क्षेत्र विस्तार हुने जस्ता कारण पटकपटक ठाउँ सार्नु परिरहेको समेत ढुवानी व्यवसायीहरु गुनासो गर्दछन ।

तपाईको प्रतिक्रिया