धरान,असोज १ /  आज बिश्वकर्मा पुजा, हिन्दु धर्मवल्मीहरुले आफनो सवारीसाधन तथा मील मेसीनरी लगायत त्यसमा प्रयोग गरिने औजारहरुको पूजा आजा गर्ने दिनको रुपमा मनाइन्छ । धरानको तिनकुनेमा रहेको इटहरी धरान सडकमा पर्ने विश्वकर्मा भगवानको मन्दिरमा पनि सवारीसाधन को पुजा आजा गर्नेको भीड लागेको छ । भक्तजनहरु विहानै देखि आफनो सवारी साधनलाइ धुइपखाली गरी तिनकुने स्थित विश्वकर्मा वावाको मन्दिरमा लामबध्द लागेर वसेका छन भने हजारौको संख्यामा सवारी साधनहरु पुजाको पालोमा राखिएको छ ।आजको दिनमा विश्वकर्मा वावाको मन्दिरमा गइ सवारी साधनलाइ पुजा गरेमा विश्वकर्मा वावाको दर्शनगरेमा वावाले दुर्घटना वाट वचाउनु हुन्छ भन्ने आम जनविश्वास रहेको छ ।कतिपय मानिसले भने आजैको दिन सवारीसाधन खरीद गर्ने तथा कलकार्खनाको इतिश्री गर्ने गरेको पनि पाइन्छ । आजैको दिन यसो गरेमा सवारी दुर्घटना नहुने तथा कलकार्खाना मा खरवी नआउने र व्यवसाय फस्टाउने विश्वास पनि गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया