इलाम/ चेतनाको अभावले हिंसा पीडित महिलाको आवाज समाज बाहिर आउन नसकेको इलाम नगरपालिका २ सु्म्बेकमा भएको महिला र दलितहरूको न्यायमा पहुँचका लागि साझा अभियानको वडा स्तरीय अनुभव आदान प्रदान कार्यक्रममा सहभागी बक्ताले बताएका छन् । उनिहरूले वडा कार्यालयको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको कार्यक्रममा बोल्दै समुदायमा हिंसाका घटना भएपनि चेतनाको अभावले समाज बाहिर आउँन नसकेकोमा दुःख व्यक्त गरे ।

कार्यक्रमका सहभागिले गाउँका दुर दराजमा रहेका समुदायमा सचेतनाको कार्यक्रम अझै पुग्न नसकेको बताउँदै, प्रत्येक नागरिकलाई सार्वजनिक सेवा सुविधाको बारेमा जानकार हुँनु पर्नेमा जोड दिए । उनिहरूले विपन्न महिला र दलितमा अझै पनि हिंसाका घटना भइरहेको बताउँदै सचेतना मुलक कार्यक्रम गरेर समाधान गर्न सरकारले काम गर्नुपर्ने जोड दिए ।

नागरिकले अवसर सार्वजनिक सेवाको बारेमा आफैले पनि खोजी गर्ने बानीको विकास गर्नुपर्ने वडा अध्यक्ष नारदप्रसाद लम्सालले बताए । उनले सबै समुदायको विकासका काम गर्नै बताउँदै, सबै समहभागितामा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

पछि परेका समुदायका कतिपय महिला र दलितले नजानेरै हिंसामा परिरहेको कार्यक्रममा सहभागी सरिता राईले बताइन् । उनले शिक्षा र सचेतनालाई समुदाय स्तरसम्म पु¥याउन सके हिंसाका घटनामा न्यूनिकरण गर्न सकिने सुझाब राखिन् ।

 

तपाईको प्रतिक्रिया