मदन अधिकारी/ प्रकाशपुर बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरमा स्थीत प्रकाश माविको प्रकाश बाल क्लबको आयोजनमा विभिन्न कार्यक्रमसहीत भव्य रुपमा बाल दिवस मनाइएको छ । आइतबार आयोजित विद्यालयमा आयोजित बाल दिवसको कार्यक्रममा बोल्दै १० नं. वडा अध्यक्ष महेन्द्र बहादुर खत्रीले यसै बर्ष शिक्षा आमुल परिवर्तन गर्ने बताएका छन् । विद्यालयलाई आधुनिक शिक्षा तर्फ अघि बढाउन जोड गर्दे उनले बताएका हुन् । सोही अवसरमा प्रअ चुडामणि खनालले दुई दिन भित्र विद्यालयको गुणस्तर अभिवृद्धि गर्न विद्यालयले भूमिका खेल्ने र यसमा शिक्षक अभिभावक सम्पूर्णले साथ दिने बताएका छन् । उनले यही असोज ६ गते पूर्व विद्यार्थीहरुलाई भेला आयोजना गरीने बताए । उनले विद्यालय भित्र विद्यार्थीले मोवाइल बोकी विद्यालय प्रवेश गर्न नदिने, विद्यालय प्रवेश गर्दा पोशाक र परिचय अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने बताएका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदर काफ्लेले शिक्षामा निकै सुधार गर्नु पर्ने भएकोले आधुनिक शिक्षामा जोड दिएका थिए । साथै उनले विद्यालय दुव्र्यसनिको बृद्धि भएको हुनाले सो विषयमा पनि व्यवस्थापन समितिको ध्यान आकृष्ट भएको बताए । वडाअध्यक्ष महेन्द्र बहादुर खत्रीको प्रमुख अतिथिमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्था, विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । सोही अवसरमा विद्यार्थीहरुले नृत्य, नाटक तथा अन्य सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया