इटहरी । जिल्लालाई सूचना प्रविधि मैत्री बनाउने कार्यमा सक्रिय सुनसरीका १२वटै स्थानिय तहका सूचना अधिकृतहरुको भेलाले निरज पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ ।

सुनसरीकै पर्यटकीय क्षेत्र भेडेटारमा भएको सूचना अधिकृतहरुको भेलाले पोखरेलको संयोजकत्व तथा अन्य एधार वटै स्थानिय तहका सूचना अधिकृतहरु सदस्य रहने गरी कार्य समिति वनाएको हो ।

सूचना अधिकृतहरुको सोही भेलाले केन्द्र र प्रदेस सरकारसंग समन्वय गरि नविनतम प्रविधिहरुको प्रयोगलाई निरन्तरता दिने र स्थानीय तहहरुबिच आवश्यक समन्वय गरि सिकाई र भोगाई आदान प्रदान गर्ने , जिल्लालाई प्रविधि मैत्री बनाउन अबलम्बन गर्नु पर्ने आवश्यक न्युनतम मापदण्ड तयार गर्न सबै स्थानीय तहमा सुझाव संकलन गर्ने संकलित सुझावहरु प्रमुख ,उपप्रमुख प्रमुख प्रशासकीय अधिकृतसंग छलफल कार्यक्रम आयोजना गर्ने र प्रत्येक महिनाको अन्तिम शुक्रबार कार्य समितिको बैठक वस्ने निर्णण गरेको संयोजक पोखरेलले जानकारी दिए । सुनसरीमा दुई उपमहानगरपालिका र चार नगरपालिका र छ गाउँपालिका रहेका छन ।

तपाईको प्रतिक्रिया