इटहरी । इटहरीको पुरानो बिद्यालय जनता मा.विका २०४६ सालका बिद्यार्थीहरुले बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु मध्ये एक देखि दश कक्षाका उत्कृष्ट बिद्यार्थीहरुलाई ६ हजार पाचँसय देखि बिश हजार सम्म नगद पुरस्कार बितरण गराकाछन् ।
आफु अध्ययनरत बिद्यालयलाई सहयोग गर्न सबै पुराना बिद्यार्थीहरु भेला भएर उत्कृष्ट बिद्यार्थीहरुलाई उत्साहित गर्न नगद सहित पुरस्कार बितरण गरिएको कार्यक्रमका संयोजक बाबुराम प्रधानले बताए । बिद्यालयमा अध्ययनरत ४६ जना बिद्यार्थीहरुलाई स्कुल पोशाक एजुकेशन ग्लोबल नेपालको सहयोगमा उपलब्ध गराईएको थियो ।
बिद्यार्थीहरुलाई हौसला प्रदान गर्न बिभिन्न पुराना बिद्यार्थीहरुबाट रकम संकलन गरि प्रमाणपत्र, मेडल तथा नगद उपलब्ध गराईएको संजोग पराजुलीले जानकारी दिए । आगामीदिनहरमा पनि यसलाई निरन्तर लैजाने जनाईएको छ । कार्यक्रममा बिद्यालयका प्रधानध्यापक छत्रपति ढुंगेल, शिब दाहाल, जोति कोईराला लयागतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया