मिडिया नेपाल दाङको पुनर्गठन कार्यक्रमलाई घोराहीमा सम्वोधन गर्दै मुलुकि संहीताले पत्रकारीता क्षेत्रलाई कुनै न कुनैरुपमा अंकुश लाउन खोजेकाले अहिले सवै पत्रकारका संगठन एकतावद्ध भएर विरोधमा उत्रिनुपर्ने बताए । उनले सत्तारुढ दल निकट पत्रकारहरुले पनि यसको विरोध गर्नुपर्ने भन्दै शुभेच्छुक पार्टि हुँदैमा विरोध नगर्ने संस्कृतिको अन्त्य आवश्यक रहेकोमा जोड दिए । आफुहरु पहिले पत्रकार भएको भन्दै पत्रकारीतामा आउने अवरोधहरुलाई हटाउन सबै सञ्चारसंगठन विच सहकार्यको आवश्यक्ता रहेको औल्याए । उनले राज्यको चरीत्र जहिले पनि प्रेसलाई अकुशं लगाउने खालको भन्दै यसमा पत्रकारहरु सचेत हुनुपर्ने पनि बताए ।मिडिया नेपालले छोटो समयमा पत्रकारीता क्षेत्रमा स्थापित भइसकेको भन्दै राजनितिक विचार र संगठनको हिसावले मिडिया नेपाल नै अब्बल रहेको पनि दावि गरे । उनले केन्द्रमा प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस युनियन लगायत विभिन्न सञ्चारसंगठनसंग समन्वय गरेर अघि बढेको भन्दै अव संगठनका गतिविधि तिव्रताकासाथ अघि बढाउने विचा। ब्यक्त गरे । प्रजातन्त्रवादि र राष्ट्रवादि पत्रकारहरुको संगठन मिडिया नेपाल भएको भन्दै यसमा गोलवद्ध हुन सबै पत्रकारलाई अध्यक्ष पौडेलले आग्रह गरे ।सो अवसरमा वोल्दै राप्रपाका केन्द्रिय सदस्य युवा नेता ऋषि देवकोटाले निष्पक्ष समाचार जनतामाझ पु¥याउनुपर्ने पत्रकारको महत्वपुर्ण दायित्व भएको भन्दै राप्रपाको विचार अहिले पनि सान्र्दभीकता रहेको बताए । राप्रपाका विचारहरुलाई पनि पत्रकारीता मार्फत जनतामा पुर्याउन भुमिका खेलिदिन उनले आग्रह गरे । सो अवसरमा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सुदिप गौतम, प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय उपाध्यक्ष शरद अधिकारी, राप्रपा घोराही नगरकमिटिका अध्यक्ष उमाकान्त भण्डारी लगायतकाले मिडीया नेपालको क्रीयाशिलतामा सहकार्य र समन्वय हुने बताएका थिए ।

तपाईको प्रतिक्रिया