इटहरी । प्रदेश नं. १ मा कार्यरत हेल्थ असिष्टेण्टहरु आन्दोलीत भएका छन । हेल्थ असिष्टेण्ट संघ नेपाल प्रदेश नं. १ ले इटहरीमा बिरोध प्रदर्शन गदै आफ्ना जायज माग पुरा नगरे सरकार बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन । इटहरी चौकमा हेल्थ असिष्टेण्टहरुले प्ले कार्ड सहित उभिएर आफ्ना माग सम्बोधनको लागी दबाब दिएका थिए । हेल्थ असिष्टेण्ट संघ प्रदेश नं. १ ले ९ वटा मागहरु राखेको छ । हेल्थ असिष्टेण्ट संघ नेपाल प्रदेश नं. १ ले इटहरीमा बिरोध प्रदर्शन गदै आफ्ना जायज ९ वटा मागहरु तत्काल संम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १४ गते संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएको स्थानिय तहमा सागठनिक संरचनाको अवधारणा प्रति संघको बिरोध रहदै आएको छ । संघले अवधारणाको बिरोध गदै उठाएका माग संम्बोधन गर्न आग्रह गरेका छन् । हेल्थ असिष्टेण्ट संघ नेपाल प्रदेश नं. १ ले स्वास्थ्य मन्त्रालय अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुका सम्पूर्ण पद सृजना गर्नुपर्ने, दरबन्दी पूर्नसंरचना गर्दा पदयी जेष्ठता र न्यूनतम शैक्षिक योग्यताको आधारमा गर्नुपर्ने, मौजुदा स्वास्थ्य सेवा ऐन अन्तर्गत हेल्थ असिष्टेण्ट पद नै स्वास्थ्य चौकी प्रमुख हुनु पर्ने, लगायतका माग रहेका छन् ।

तपाईको प्रतिक्रिया