इटहरी – भिभो मोवाइलले नेपाली बजारमा राम्रो मार्केटको स्थान पाएको छ । नेपाली बजारमा भिभोको नयाँ नयाँ सेट भित्राए सँगै यसको बजारले प्रधानता पाएको हो । भिभोले अल न्यु भी ११ प्रो मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । यसमा न्यूहालो फुल भ्यू डिस्प्ले राखिएको छ । नयाँ डिजाइन दिइएको यस फोनमा इन डिस्प्ले फिङ्गर प्रिन्ट स्क्यानिङ प्रविधिको प्रयोग गरिएको छ ।
भी ११ प्रो भी सिरिजको पहिलो फोन हो । यो फोन सिल्क र स्टाइलिस डिजाइनमा छ ।

भी ११ प्रोमा १२ मेगा फिक्सेल प्लस ५ मेगाफिक्सेलको ड्युल मूख्य क्यामेरा छ । सेल्फीका लागि २५ मेगाफिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । यस फोनका ६ जिबी र्यामका साथै १२८ जीबिको आन्तरिक स्टोरेज रहेको छ । यो एन्ड्रोइड ८.१ भर्सन हो । निकै पातलो र हलुका रहेको यो स्मार्टफोन १.७६ मिलिमिटर मोटाइ रहेको छ ।

भिभो प्रो ११ को मूल्य ४९ हजार ४ सय ९० रुपैयाँ तोकिएका छ भने भिभो ११ को ३९ हजार ९ सय ९० रुपैयाँ रहेको छ । नेपाली बजारमा भिभो प्रस्तुत भएको धेरै भएको छैन तथापी उत्पादनलाई नेपाली प्रयोग कर्ताले उत्साह जनक रुपमा लिएको पाइन्छ ।

नेपालका अधिकाशं मुख्य मुख्य सहरमा भिभोका मोवाईल पुगेको र छिट्टै नेपाली बजारमा पुर्ण रुपमा भिज्ने दावी कम्पनीको रहेको छ । भिभोका सबै मोवाइलको बिक्रिमा संमग्र रुपमा अगाडी बढेको पाइन्छ तथापी अहिले नेपाली बजारमा भिभो ढ र भिभो युथ बढि बिक्रि वितरण भएको पाइएको छ ।

 

तपाईको प्रतिक्रिया