मदन अधिकारी / प्रकाशपुर बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ राजावासमा स्प्रस्ट इन्टरलकिङ्ग ब्रिकको शनिवार औपचारीक उद्घाटन भएको छ । स्थानियलाइ सरल र सुलभ सेवा दिने उदेश्यले खोलिएको यश संस्थाले बराहक्षेत्र नगरपालिकालाई नै सेवा दिने उदेश्य रहेको सन्चालक इस्वर गुरुङले बताए । गुरुङले यश इट्टाको बारेमा यसको प्रयोग र गुणस्तरको बारेमा संक्षिप्त जानकारी गराएका थिए । औप

चारिक उद्घाटनका सभादक्ष कम्पनि मेनेजर तिलक बहादुर लिम्बु रहनु भएको थियो भने प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष दिपक कुमार लिम्बू , विशिष्ट अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष फडिन्द्र भट्टराइ रहनु भएको थियो । बिभिन्न संघ संस्थाका प्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि , नेपाल प्रहरी आदिको उपस्थितिमा सम्पन्न कार्यक्रममा बोल्दै विशिष्ट अतिथि भट्टराइले यश उद्योग बराहक्षेत्रमा

स्थापना हुनुले वडाको मात्र नभएर नगरकै विकाशमा टेवा पुग्ने बताउदै शुभकामना व्यक्त गर्नु भएको थियो । सोही अवसरमा बोल्दै प्रमुख अतिथि लिम्बुले यस्तो उद्योहस बराहक्षेत्र नगरपालिका वडा नम्बर ९ मा स्थापना हुनुले हामी सबै खुसि भएको भन्दै अरुले समेत यश स्थानमा उद्योग खोल्न सक्ने बताएका छन् । उनले यश वडामा उद्योग खोल्न आउने हरुलाइ उचित स्थानको वडाले नै व्यवस्था मिलाउने बताएका छन् । आठ जानाको लगानिमा सन्चालन भएको यश उद्योगको मापदण्ड अन्तराष्टिय माप दन्ड अनुसारको रहेको कार्यक्रमका सभादक्ष तथा कम्पनि मेनेजर तिलक बहादुर लिम्बूले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया