इटहरी । इटहरीलाई केन्द्र वनाएर विभिन्न क्षेत्रमा महत्वपुर्ण योगदान पुर्रयाउने चार जना महिलाहरुलाई इटहरी जेसिजले सम्मान गरेको छ ।जेसिज सप्ताह अन्र्गत इटहरी जेसिजले साहित्य , शैक्षिक ,महिला उद्यमशिलता र अपागंताका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने महिलाहरुलाई सम्मान गरेको हो ।

 

साहित्यकको सम्मान साहित्यकार टिका आत्रेय, शैक्षिक क्षेत्रको डा. तारा काफ्ले , महिला उद्यमशिलता तर्फ राधिका कार्की र अपगंताका क्षेत्रमा योगदान पुर्रयाएको भन्दै दिलकुमारी राईलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रदेस नम्वर १का प्रमुख गोविन्द सुब्बाले सम्मानीतहरुलाई दोसाल्ला तथा सम्मान पत्रले सम्मानीत गरेका हुन । विनोद पौड्यालको संयोजकत्वमा सम्पन्न जेसिज सप्ताह समापन कार्यक्रम महिला मैत्री वनाइएको मुल समितिका संयोजक युवराज काफले जानकारी दिए । महिला मैत्रि कार्यक्रम वनाइएको कारण पनि यस पटक सम्मान तथा प्रमुख वक्ताका रुपमा समेत महिलाहरुलाई आमन्त्रीत गरिएको जेसिजका अध्यक्ष सोमनाथ गौतमले वताए । कार्यक्रममा प्रमुख वक्ताका रुपमा अभियानकर्मी मेनुका थापा, प्रतिनिधिसभा सदस्य सरिता गिरी , मिस नेपाल निकिता चन्द लगायतका रहेका थिए । जेसिज सप्ताह अन्र्तगत भएका विभिन्न कार्यक्रमका उत्कृष्ठ तथा विजयीहरुलाई समेत पुरस्कृत गरियो । कार्यक्रममा पुर्व अध्यक्षहरु ीदपक ढकाल, शिव दहाल ,साहित्यकार मनु मञ्जील , सञ्जु पौड्याल , नेपाल जेसिजका उपाध्यक्ष अमिश ढकाल लगायतले इटहरी क्षेत्रको सामाजिक गतिविधिमा इटहरी जेसिजले नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको भन्दै प्रशंषा गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया