इटहरी, हरित नगर इटहरीलाई संसारभर हातमै छर्लङ्ग देखाउने काम सुरु भएको छ । चार महिना भित्रमा इटहरी उपमहानगरको डिजिटल प्रोफाइल तयार गरि मोवाइल एप्स मार्फत नगरका सवै तथ्याँक र जानकारी मोवाइलमै हेर्न सकिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिनुभयो । डिजिटल प्रोफाइल र मोवाइल एप वनाउने प्रक्रिया सुरु भइसकेको छ । डिजिटल नगर प्रोफाइल र एप वनाउनका लागि कार्य योजना तथा तयारी वैठक सम्पन्न भएको छ ।

कसरी देखिन्छ इटहरी छर्लङ्गै ?

इटहरीको नगर प्रोफाइल मोवाइल एप्समा समेटिने छ । अनलाइन र अफलाइन हेर्न सकिने निर्माणकार्यमा जुटेको संस्था दिगो विकास तथा शान्ति प्रवद्र्घन केन्द्रले जनाएको छ । प्रोफाइलमा इटहरीका प्रत्येक घरको सम्पूर्ण जानकारी समेटिने छ । घरको पारिवारिक विवरण जसमा घरका सवै सदस्यको नामथर,जन्ममिति,जात,धर्म,मातृभाषा,शैक्षिक अवस्था,वसोवास घरमै हो कि वाहिर वसोवासको अवस्था,पेशा,वैवाहिक अवस्था,अपाङ्गताको अवस्था,शैक्षिक स्थिति हुने छ । यस्तै घरमूलीको सम्पर्क नम्वर,वालश्रमिक राखेको छ कि छैन,एक वर्ष भित्रमा कसैको निधन भएको छ भने के कारणले निधन भयो सो सहितको जानकारी,स्वास्थ्य र ब्यक्तिगत विमा गरिएको छ कि छैन ती सवै जानकारी समेटिने छन । यसैगरि घरको जीपीएस नम्वर सहित कुन रोड र वस्तिमा छ सो पनि जानकारी हुने छ । तथ्याँक संकलनका लागि ६१ जना गणकहरु एप र जीपीएस चल्ने मोवाइल वोकेर इटहरीका प्रत्येक घर पुग्ने छन । उनीहरुले डिजिटल प्रविधि मार्फतनै तथ्यांक संकलन गर्ने छन । उनीहरु प्रत्येक घर पुगे पुगेनन जीपीएस प्रविधि मार्फत थाहा हुने छ । गणकहरुले असोज महिना भित्रमा तथ्यांक संकलन गरि सक्ने छन ।

नगर प्रोफाइलमा नगरपालिकाको चिनारी,जनसँख्याको सवै पक्ष समेटिएको विस्तृत जानकारी,आर्थिक विवरण,भू उपयोग तथा स्वामित्वको अवस्था,कृषि तथा पशु विकासको अवस्था,पर्यटन,औद्योगिक विकास,सहकारी,ब्यापार तथा ब्यवसाय सम्वन्धि जानकारी समेटिने छ । यसैगरि वंैक तथा वित्तिय संस्था,शैक्षिक तथा मानव संसाधन विकास,स्वास्थ्य तथा पोषणको अवस्था,खानेपानी तथा सरसफाई,महिला वालवालिका तथा सामाजिक समावेशीकरणको अवस्था,संचारप्रविधि,आवास तथा भवन समेटिने छ । यस्तै संस्थागत तथा शुसासनको स्थितिका साथमा ऐन नीति नियम र कार्यप्रणाली राखिने छ ।
                                                                        नगर प्रोफाइल किन ?
इटहरीका मेयर द्वारिकलाल चौधरी नगर प्रोफाइल इटहरीको विकास र सम्वृद्धिका लागि पहिलो खुडकिलो हुने वताउनुहुन्छ । इटहरीलाई कस्तो वनाउने रणनीतिक योजना वनाउन नगर प्रोफाइल नभइ नहुने उहाँको भनाई छ । उपमेयर तथा प्रवक्ता लक्ष्मी गौतमले वैज्ञानिक तवरले योजना संचालन गर्न नगर प्रोफाइल विना ब्यवहारिक नहुने भएकाले यो अत्यन्तै जरुरी रहेको वताउनुभयो । करलाई वैज्ञानिक र ब्यवस्थित वनाउन पनि नगर प्रोफाइलले सहयोग गर्ने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया