इटहरी/   नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ अन्तर्गत यस वर्षको विश्व सरसफाइ  दिवस २०१८ १५ सेक्टेम्वर  साप्ताहिक कार्यक्रमको छैठौं दिन सडक सफाई कार्यक्रम सम्मपन्न भएको छ । उक्त  सन्दर्भमा आज २०७५ भाद्र २९ गते शुक्रवार दिन सुनसरी इटहरीका सक्रिय संघ संस्थाको साझेदारीमा इटहरी ८ बिजुली अफिसको सडक आसपास सरसफाइ कार्यक्रम सम्मपन्न भएको छ ।
                 विश्वको १५० देशमा एकै चोटि विश्व सरसफाई दिवस मनाइरहेको सन्दर्भमा नेपाल सरकारको नेतृत्वमा विभिन्न जिल्लामा भव्यताका साथ मनाउने तयारी भइरहेको नेपाल युवा संस्था संजाल आयोन का प्रदेश १ संयोजन संजय चौधरीले बताउनु भयो । इटहरीमा बिगत ४ वर्ष देखि किप इटहरी क्लिन समुहले सरसफाईको क्षेत्रमा काम गरिरहेको र बिश्व सरसफाइ दिवसको अवसरमा इटहरीको प्रत्येक वाड्को जम्मा १० हजार जनसमुदायको सहभागितामा सरसफाइ गरिएको अनुभव रहेको किप इटहरी क्लिनका अभियान्ता पुष्कर थापाले बताउनु भयो ।

तपाईको प्रतिक्रिया